मंगलबार ०१ आश्विन २०८१

मोरङको सुन्दर हरैंचा-६ मा रहेको  लाटिझोडा साझेदारी वन उपभोक्ता समुहलाई सर्वोत्कृष्ट साझेदार वन राष्ट्रिय पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

काठमाडौंमा केहीदिन अगाडि एक कार्यक्रमको बीच  वन तथा वातावरण मन्त्रालयको वन तथा भू संरक्षण विभागले उक्त पुरस्कार हस्तान्तरण गरेको हो ।

साझेदारी वनको संरक्षण, सम्बर्दन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षण एवम् गरिबी न्यूनीकरणमा समेत योगदान पुर्याएको भन्दै ५५ हजार ५ सय ५५ रुपैयाँ  सहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

सामुदायिक वन दिवसको अवसरमा भएको उक्त कार्यक्रममा उपभोक्ता समूहको तर्फबाट अध्यक्ष मिलन श्रेष्ठ र सदस्य मिना विश्वासले पुरस्कार ग्रहण गर्नु भएको थियो ।


Last Updated on: August 14th, 2024 at 10:48 am
२४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया