मंगलबार ०१ आश्विन २०८१

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आज भाद्र १९ गते मोरङ युनियन समितिले बुढीगंगा – ४ मा बृहत वृक्षारोपण कार्यक्रम गरेर आफ्नो स्थापना दिवस सम्पन्न गरेको छ  ।

कोशी प्रदेश सांसद माननीय भीम पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ६ सय थान विभिन्न जातका फलफूलका बिरुवा रोपिएको हो ।  नेपाल निजामती कर्मचारी युनियन मोरङको आयोजना, कोशी प्रदेश कार्यसमितिको समन्वय, बुढीगंगा गाउँपालिका र वन डिभिजन मोरङको सहयोग र JCI टंकीसिनवारीको सहकार्यमा बुढीगङ्गा गाउपालिका ४ नं . वडा कार्यालय परिसर वरपर वृक्षरोपण गरिएको हो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद पराजुलीले  वृक्षरोपणले स्वश्च वातावरण बनाउन उलेख्य भूमिका खेल्ने बताउँदै आगामी दिनमा पनि यस्तै उदाहरणीय काम गर्न सुझाव दिँदै कर्मचारी युनियनलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसै नेपाल कर्मचारी युनियन मोरङका सचिव कृष्ण प्रसाद भट्टराईले स्थापना दिवसको उपलक्ष्यमा स्वच्छ वातावरणको लागि वृक्षरोपण अभियान सुरु गरिएको बताउँदै बिरुवा रोप्ने मात्र हैन संरक्षण गरि हुर्काउने अभियानमा पनि सक्रिय हुने वाचा व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा बुढीगंगा उपाध्यक्ष अमृता कुमारी गक्षदार, प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपाने, वडा नम्बर १ अध्यक्ष सोमराज काफ्ले, वडा नम्बर ४ अध्यक्ष शशिकान्त चौधरी लगायत विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो ।

 


Last Updated on: September 4th, 2024 at 8:51 pm
३१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया