मंगलबार ०१ आश्विन २०८१

मोरङको कानेपोखरी- ४ मा आफ्नै घरमा पासो लगाई एक जना महिलाले आत्मह’त्या गरेकी छिन् । २८ वर्षिय तुलसा पाण्डेले भदौ १२ गते घरमा कोही नभएको बखतमा कोठाभित्र काठको बलोमा सालको पा’सो लगाई आत्मह’त्या गरेको मृ’तकका मामा कृष्ण प्रसाद भट्टराईले बताए ।

मृतकले केही दिन अघि इटहरी – ८ बस्ने चिनजानको व्यक्तिबाट १० हजार रुपैयाँ सापटी लिएको र उक्त रकम समयमै फिर्ता गर्न नसक्दा तुरुन्त पैसा फिर्ता गर्न भन्दै कुट:पिट गरी घाइते बनाई शारीरिक तथा मानसिकरुपमा विक्षिप्त पारी आत्मह’त्या गर्न बाध्य बनाएको मृतकका परिवारको आरोप छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय पथरीमा खिल प्रसाद जम्मरकट्टेल र इन्द्र कुमारी जम्मरकट्टेललाई विपक्षी बनाई आत्मह’त्या दुरुत्साहन सम्बन्धी उजुरी दर्ता गराइएको छ । घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदै सम्मको कारबाही गर्न जाहेरकर्ता मृतकका श्रीमान भरत पाण्डेले माग गरेका छन् ।

मृतक तुलसा पाण्डेका १० वर्षिय र १ वर्षिय नाबालक छोरा छन् । परिवारको आर्थिक कमजोर भएका कारण सहयोगी दाताहरुलाई आर्थिक सहयोग गरिदिन समेत परिवारले अनुरोध गरेका छ ।

प्रहरीमा दर्ता गराएको उजुरी


Last Updated on: August 31st, 2024 at 8:52 am
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया