मंगलबार ०१ आश्विन २०८१

नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र कोशी प्रदेशका निवर्तमान मुख्यमंत्री केदार कार्कीले बुढीगंगा – ६ मा निर्माण भएको नवनिर्मीत अस्पतालको अवलोकन गर्नुभएको छ ।

बुढीगंगा गाउँपालिका अध्यक्ष जीत नारायण थापाको पहलमा अवलोकन भ्रमणमा आउनुभएका स्वास्थ्य सचिव पोखरेलले नवनिर्मित अस्पताललाई आवश्यक स्वास्थ्य उपकरणहरूको व्यवस्था गरिने वाचा व्यक्त गर्नुभएको छ । बुढीगंगा अध्यक्ष थापाले  स्वास्थ्य क्षेत्रको स्तर उन्नति र विकासमा देखाएको तत्परताको प्रशंसा गर्दै सचिव पोखरेलले उक्त अस्पातालबाट स्थानियले राम्रो र सुलभ किसिमले उपचार पाउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा प्रदेश सभा सांसद केदार कार्कीले अस्पताल सञ्चालन गर्न प्रदेशको तर्फबाट  पनि आबस्यक सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

सोही क्रममा पालिका अध्यक्ष थापाले वडा नम्बर ३ मा रहेको पालिका स्तरीय अस्पतालमा भएको उत्कृष्ट कामको समीक्षा गर्दै  नवनिर्मित अस्पतालमा पनि सरल सुलभ तथा स्तरीय स्वास्थ्य सेवा दिन अहोरात्र खटिरहेको बताउनुभयो । नवनिर्मित अस्पताल छिट्टैनै सञ्चालनमा आउने छ ।


Last Updated on: August 31st, 2024 at 9:34 am
१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया