आइतबार १४ पौष २०८१

बुढीगंगा गाउँपालिकाले ७ सय ४९ जनालाई पोशाक बितरण गरेको छ।

मोरंगको बुढीगंगा गाउँपालिका वडा नं. ६ मा रहेको नारायण माविको प्राङ्गणमा ७ वटै वडा भित्रका आमा समूहका ७ सय २ जना आमा र ३८ जना स्वसेंबिका र नौमती बाजा समुहका ९ जना महिलालाई प्रोत्साहन स्वरूप पोशाकमा साडी वितरण गरेको हो।

नेपाली कांग्रेसका बरिष्ठ नेता तथा संघिय सांसद डा. शेखर कोइरालाको प्रमुख आथित्यतामा साडी वितरण कार्यक्रम भएको थियो । पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले महिलाहरुको सिपलाई प्रयोग गर्न बुढीगंगामा ७ बिघामा महिला उधम ग्राम निर्माण भएको र सम्मानीय राष्ट्रपतिबाट उदघाटन हुने बताउनुभयो।

उहाँले वितरण गरेको साडीको रंगको महत्वबारे उल्लेख गर्दै स्वास्थ्यमा के गर्ने, आम समुह, महिला समुहलाई के गर्नु पर्ने हो त्यसको जिम्मा आफुले लिनुपर्छ भन्दै आमा समुह, स्वास्थ्य स्वसेंबिकाले समाजमा खेलेको भूमिका अतुलनिय रहेको बताउनुभयो।

सो पालिकाका अध्यक्ष जित नारायण थापा मगरले गत बर्षझैँ स्वास्थ्य क्षेत्रका लागि यस बर्ष १ करोड बिमा रकम छुट्याएको बताउनुभयो ।

अध्यक्ष थापा मगरले स्वास्थ्य क्षेत्रमा सरकारले वितरण गरेको नि:शुल्क औषधि बाहेक शुल्क लाग्ने औषधिमा समेत भारी छुटको ब्यबस्था पालिका गरेको बताउनुहुदै स्वास्थ्य र शिक्षामा बुढीगंगा ठुलो फड्को मारेको समेत उल्लेख गर्नुभयो।


Last Updated on: December 27th, 2024 at 7:18 pm
१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया