मंगलबार ०१ आश्विन २०८१

मोरङको बुढीगंगा गाउँपालिका भित्र खटिने स्वास्थ्य स्वंयमसेविकाहरूलाई झोला वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले आफ्नो व्यक्तिगत तर्फबाट उनीहरूलाई झोला वितरण गर्नुभएको हो ।

इलाम भ्रमणमा गएका स्वास्थ्य स्वयंसेविकाहरूलाई अध्यक्ष थापा मगरले उतै झोला वितरण गर्नु भएको हो । बुढीगंगा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वासुदेव रेग्मिका अनुसार गाउँपालिका भित्रका ३८ जना स्वास्थ्य स्वंयमसेविकाहरूलाई झोला वितरण गरिएको हो ।

उनीहरूलाई दुई दिने अध्ययन अवलोकन भ्रमणमा लगिएको र सोही अवसरमा गाउँपालिका अध्यक्षले झोला वितरण गर्नुभएको थियो । स्वयंसेविकाहरूले गरेका कार्यलाई उच्च मुल्याङ्कन गर्दै तथा थप हौसला प्रदान गर्न आफ्नै खर्चबाट झोला प्रदान गरेको अध्यक्ष थापा मगरले बताउनु भयो । आगामी दिनमा पनि हौसला अभिबृद्धि गर्न विभिन्न काम गर्ने उहाँले बताउनुभयो ।


Last Updated on: August 8th, 2024 at 7:07 am
२३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया