शुक्रबार ०२ कार्तिक २०८१

टेकेन्द्र ओझा, मोरङ /  माध्यामिक शिक्षा परिक्षा (एसईई) को बिहिबार सार्बजनिक भएको नतिजा अनुसार मोरङ बुढिगंगामा रहेको युनिक एकेडेमिकि रितिक्षा भट्टराईले सबैभन्दा बढि जिपिए प्राप्त गर्दै बुढिगंगा गाँउपालिका टप गर्नुभएको छ ।

 

रितीक्षा भट्टराई

 

युनिक एकेडेमिबाट एसईईमा सहभागि भएकि बुढिगंगा गाँउपालिका -३ कि रितिक्षाले ३.८६ जिपिए प्राप्त गरेको विधालयका प्रिन्सिपल चण्डि रेग्मिले बताउनुभयो। रितिक्षाले प्राप्त गरेको जिपिए अंकनै सबैभन्दा बढी रहेको गाँउपालिका शिक्षा शाखाले समेत पुष्टि गरेको  छ ।

पढाई सहित अन्य विषयमा समेत अब्बल रहेकी रिताक्षाले अब कम्प्युटर ईन्जिनियरिङको विषय रोज्ने सोच बनाएको प्रिन्सिपल रेग्मिले बताउनुभयो ।

यसैबिच विधालयले एसईई पास भएका सम्पुर्ण विधार्थीलाई शनिबार एक कार्यक्रम गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेको छ । अघिल्लो वर्षको एसईई परिक्षामा पनि यहि विधालयकि छात्रा अाश्रिका अधिकारिले ३.९० जिपिए ल्याउदै पालिका टप गरेकि थिईन् ।


Last Updated on: June 30th, 2024 at 9:04 pm
२३१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया