मंगलबार ०६ कार्तिक २०८१

नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक हजार ६ सय रूपैयाँ बढी हो।

शुक्रबार भने सुनको मूल्य घटेको थियो। उक्त दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको होशक्रबारको तुलनामा भने आज सुनको भाउ प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो। – सेतोपाटी


Last Updated on: April 7th, 2024 at 11:52 am
६८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया