बुधबार २३ माघ २०८१

टेकेन्द्र ओझा / सिक्किमको राजधानी गंगटोकमा सम्पन्न प्रथम सिक्किम ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा न्यू सेप कराते एकेडेमी बुढीगंगाका खेलाडीहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। प्रतियोगितामा बुढीगंगा बाट गएका खेलाडीको टोलीले १२ स्वर्ण, ५ रजत, र ४ काँस्य पदक जित्दै बुढीगंगा सहित नेपालको गौरव बढाएका छन।

कुन खेलाडी ले कस्तो पदक पाए?

कुमिते तर्फ स्वर्ण पदक जित्ने खेलाडीहरू:

🥇 सायर भट्टराई – स्वर्ण पदक
🥇 परस रिजाल – स्वर्ण पदक
🥇 मानस थापा – स्वर्ण पदक
🥇 पल राना मगर – स्वर्ण पदक
🥇 सोपमिल मगर – स्वर्ण पदक
🥇 दिपेश थापा – स्वर्ण पदक
🥇 लतिका गुरुङ – स्वर्ण पदक
🥇 रोजिता थापा – स्वर्ण पदक
🥇 संयुना मगर – स्वर्ण पदक
🥇 सायरा भट्टराई – स्वर्ण पदक
🥇 महेश यादव – स्वर्ण पदक
🥇 सौरव आले मगर – स्वर्ण

रजत पदक विजेता:
🥈 रभानी घिमिरे
🥈 रोमन थापा
🥈 अनुष्का निरौला
🥈 स्मृति नेपाल
🥈 स्वेता राई

काँस्य पदक विजेता:
🥉 केल्भिन राना मगर
🥉 आसिश सरदार
🥉 खुसी राना

काता तर्फ पनि नेपाली खेलाडीको सफलता:

🥉 केल्भिन राना मगरले कातामा काँस्य पदक जित्दै नेपाललाई थप गौरवान्वित बनाएका छन्।

करातेमा नेपाललाई विश्वस्तरमा चिनाउने अवसर:

यस प्रतियोगितामा नेपाली खेलाडीहरूले देखाएको उत्कृष्ठ प्रदर्शनले नेपालमा कराते खेलको उज्ज्वल भविष्य संकेत गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीहरूले गरेको मेहनत र सफलता खेल क्षेत्रको लागि प्रेरणादायी छ।

अन्तराष्ट्रिय प्रशिक्षक तथा न्यू सेप कराते एकेडेमीका प्रशिक्षक प्रभाकर राना मगरले खेलाडीहरूको कठिन परिश्रम र समर्पणको प्रशंसा गर्दै आगामी प्रतियोगितामा अझ सशक्त प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

उक्त टोलीको कोचमा प्रभाकर राना मगर, ललिता राई, भावना घिमिरे र टिमको व्यवस्थापकमा नवीन राना मगर र खेम राज भट्टराई हुनुहुन्थ्यो ।

“बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीत नारायण थापा मगरले   प्रतियोगितामा विजयी भएर फर्किएका खेलाडीहरूलाई खादा र माला लगाई सम्मान साथै बधाई व्यक्त गर्नुभएको छ। सो अवसरमा अध्यक्ष थापाले खेलकुदले युवा पुस्तालाई अनुशासन, एकता, र स्वस्थ जीवनशैलीको मार्गदर्शन गर्ने बताउनुभयो।”

“बुढीगंगा गाउँपालिकाले खेलकुद गतिविधिको प्रवर्द्धन तथा खेलाडीहरूको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष थापाले व्यक्त गर्नुभएको छ। अध्यक्ष थापा मगरले भविष्यमा खेलकुद क्षेत्रलाई थप प्रवर्द्धन गर्न आवश्यक पहल गरिने समेत बताउनुभयो।”


Last Updated on: February 1st, 2025 at 10:28 pm
३४९ पटक हेरिएको

तपाईको प्रतिक्रिया