बुधबार ३० आश्विन २०८१

मोरङ / बुढीगंगा गाउँपालिकाले पशु सेवा शाखाको आयोजनामा रेबिज रोग सम्बन्धि अभिमुखिकरण तथा अन्तर्कृया कार्यक्रम गर्दै शनिबार १८ औं विश्व रेबिज दिवस मनाएको छ ।

दिवसको अवसरमा बोल्दै पालिका पशु सेवा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले प्राणघातक रेविज रोगलाई सन् २०३० सम्म उन्मुलन गर्न सरकारले लिएको लक्ष्य अनुसार पालिकाले काम गरिरहेको र सबै समुदाय मिलेर रेबिज रोग उन्मूलनमा हातेमालो गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा पालिका उपाध्यक्ष अमृता कुमारी गक्षदार, पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय का निर्देशक डा.पशुपति ढुंगाना, जनप्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मी, स्वयंसेविका कृषक साथै सरोकारवालाको उपस्थिति रहेको थियो ।

त्यस्तै विश्व रेबिज दिवसको अवसरमा पारेर पशु सेवा शाखाले कुकुरबिरालोलाई रेविज रोग विरुद्धको निःशुल्क खोप असोज ०९ देखि १५ गतेसम्म संचालन गर्नुका साथै सामुदायिक कुकुरहरू बन्ध्याकरण गर्ने अभियान समेत संचालन गरिरहेको शाखा प्रमुख भट्टराईले जानकारी दिए ।

के हो रेबिज कसरी बँच्ने?

रेबिज जनावरको टोकाइका क्रममा र्‍यालबाट सर्ने प्राण घातक रोग हो। यो रोग लागेपछि त्यसको संक्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ। बिशेषगरी यो रोगबाट संक्रमित कुकुर, विरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्छ।

रेबिजबाट कसरी बच्ने

१. घरपालुवा जनावरलाई जथाभावी बाटोमा नछोड्ने।

२. घरपालुवा जनावरलाई रेबिजविरुद्धको खोप लगाउने।

३. त्यस्ता जनावरले टोेकेपछि साबुनपानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने।

४. रेबिज विरुद्धको खोप लगाउने।

५. कुकुरलाई नजिस्क्याउने। कुकुरले खाना खाइरहेको र बच्चालाई दूध चुसिरहेका बेला नचलाउने।


Last Updated on: September 29th, 2024 at 4:08 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया