आज कोरोना बाट २०३ को मृ’त्यु, आजै ६ हजार १३५ जना को’रोनाबाट निको भएर घर फर्किए

नेपालमा थप ८,५२० जनामा कोरोना:भाइरस सङ्क्रमण र २०३ जनाको कोभिड-१९ सँग सम्ब’न्धित कारणले मृ’त्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा’लयले जनाएको छ। पीसीआर विधि र एन्टिजन विधिबाट २१,४७८ परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्र’मितहरू फेला प’रेका हुन्। मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क’मा शुक्रवार पनि काठमाडौं उपत्य’कामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ। शुक्रवार काठमाडौंमा २,४५८ जना, ललि’तपुरमा ५५६ जना र भक्तपुरमा ३३५ जना सङ्क्र’मित थपिएका छन्।

केही सातायताको तथ्या’ङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्र’मण पुष्टि हुने दर उच्च रहेको देखाउँछ। बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्र’मितको सङ्ख्या एक लाख नाघेको थियो। मन्त्रालयका अनुसार विगत २४ घण्टाको अ’वधिमा यस दिन ६ हजार १३५ जना कोरोनाबाट निको भएका छन्। एकै दिन निको भएको यो संख्या अहिले’सम्मकै उच्च हो। अहिले देशभरि एक लाख सात हजार ३६३ जनामा सक्रिय सङ्क्र’मण छ।

साताभरि सङ्क्र’मण दर र मृ’त्यु उच्च
सरकारले गत साता मङ्गलवार ७,६६० जनामा सङ्क्र’मण र ५५ जनाको मृत्यु, बुधवार ८,६५९ जनामा सङ्क्रमण र ५८ जनाको मृत्यु, बिहीवार थप नौ हजार जनामा कोरो’नाभाइरस सङ्क्रमण र ५४ जनाको मृत्यु, शुक्रवार ९,१९६ जनामा सङ्क्रमण र ५० जनाको मृत्यु र शनिवार ८,४१८ जनामा कोरोना भाइरस सङ्क्र’मण र ५३ जनाको मृत्यु भएको जनाएको थियो।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइ’तवार थप ८,८५० जनामा सङ्क्रमण र पहिला तथ्याङ्कमा नपरेकासहित ८८ जनाको मृत्यु, सोमवार ९२७१ जनमा सङ्क्र’मण र १३९ जनाको मृत्यु,, मङ्गलवार ९,४८३ जनामा सङ्क्र’मण र २२५ जनाको मृत्यु, बुधवार ९,३०५ जनामा सङ्क्रमण र १६८ जनाको मृत्यु तथा बिहीवार कोभिड बिरामी ८,९६० जनामा कोरो’नाभाइरस सङ्क्र’मण, २१४ जनाको को मृत्यु पुष्टि गरेको थियो। मन्त्रालयका अनुसार यो साता आइतवारदेखि प्रकाशित दैनिक विवरणमा २४ घण्टामा बाहेक विभिन्न मितिमा मृ’त्यु भएका व्यक्तिको सङ्ख्या पनि स’माविष्ट छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्