एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री

कांग्रेस र मा’ओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ। राष्ट्रपति विद्यादेवी भण्डा’रीले दिएको समय सीमाभित्र विपक्षी गठ’बन्धनले बहुमत जुटाउन नसकेको हो। यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसि’यतमा पुनः प्रधानम’न्त्री नियुक्त भएका छन्। राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले सं’सदीय दलका नेता ओलीलाई प्रधा’नमन्त्री पदमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री ओलीले शु’क्रबार शपथ लिने तय भएको छ। त्यससँगै ओलीले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष’लाई समेटेर मन्त्रि’परिषद् गठन गर्ने स्रोतले जनाएको छ। यस्तै ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि सर’कारमा आउन आग्रह गरेका छन्। ओलीले अब संविधा’नको धारा ७६ ९४० बमोजिम ३० दिनभित्र विश्वास’को मत लिनुपर्ने हुन्छ।

ओलीले यसअघि प्रधान’मन्त्रीका रूपमा प्रतिनिधि’सभामा विश्वासको मत गुमाएसँगै राष्ट्र’पति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन दाबी पेस गर्न बिहीबार राति ९ बजेसम्म’को समय दिएकी थिइन्। तर, उक्त समयाव’धिभित्र कसैको पनि दाबी पेस हुन नआएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले प्रेस विज्ञप्ति’मार्फत जनाएका छन्।

बिहीबार दिनभरको रक्सा’कस्सीबीच संयुक्त सरकार बन्ने वाता’वरण बनाउन विपक्षी दल असफल भएका हुन्। एमाले विभाजन अन्तिम घडीमा टर्दा विपक्षी गठबन्ध’नले बहुमत जुटाउन सकेन। कांग्रेस र माओवादी नेता एमालेको नेपाल पक्षको आशामा बहुमत जु’टाउन लागेका थिए। यो समाचार’अन्नपूर्ण पोस्टमा छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्