आज फेरि सुनको भाउ बढेको छ । छापावाल सुन तोलाको ९८ हजार ४ सय र तेजावी सुन तोलाको ९७ हजार ९ सय पुगेको छ ।
सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ आज तोलामा ३० रुपैयाँ बढेको छ ।
चाँदी आज तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी हिजो तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।