दाङ- दाङका किसानले लगाए’को गोलभेंडा नबिकेपछि बोटमै कुहिन थालेको छ । कोरोना महा’मारी तीब्र रुपमा बढेसँगै भएको बन्दाबन्दीले किसानले लगाएको गोलभेंडा बारीमा कुहिन थालेको छ । उत्पा’दित गोलभेंडालाई बजारीक’रण गर्ने व्यवस्था नहुँदा किसानले लाखौ नोक्सान भएको बताएका छन् ।
तुलसीपुर उपमहान’गरपालिका –१३ मा करीब ३० बिघा क्षेत्रफलमा गोलभेंडा खेती गरिएको भएपनि बजारीकरणमा समस्या हुँदा अहिले बोटमै कुहिने अवस्थामा रहेको स्थानीय कि’सान खुमानन्द अर्यालले बताउनुभयो । “मैले आठ बिघा तीन कठ्ठा क्षेत्रफलमा गोलभेंडा खेती गरेको छु, अहिले बन्दाब’न्दीको समयमा करीब २५० क्यारेट गोलभेंडा बिक्री नभएर कुहिने अवस्था छ”, उहाँले भन्नुभयो, “बजारी’करण नहुनुले ठूलो समस्या निम्त्यायो ।”
चिस्या’न केन्द्रमा पनि राख्न नमिल्ने भएको र उत्पादित गोलभेंडा काठमाडौँ, चितवन, बुटवल, नेपालगञ्ज, धनगढीलगायतका क्षेत्रमा ढुवानी गर्न नसकिएकाले यस्तो स’मस्या आएको उहाँले बताउनुभयो । “बोटबाटै रु ३५÷४० किलोमा बिक्री गर्नुपर्ने हो”, उहाँले भन्नुभयो, “तर, नबिके’पछि नष्ट गर्नलाई उल्टो रु ३०÷४० लगानी लगाउनुपर्ने अवस्था देखिएको छ ।” उहाँका अनु’सार काठमाडौं पठाउँदा प्रतिकिलोको रु १० र नारायणघाट पठाउँदा प्रतिकिलोको रु सात भाडा नै लाग्ने गर्छ भने ३०÷३५ जना काम गर्ने का’मदारलाई ज्याला दिनु पर्ने हुन्छ ।
सरकारले बजा’रीकरणमा सहज बनाएमा किसानको लगानी खेर नजाने युवा कृषक शिशिर रावतले बताउनु’भयो । रावतले त्यहाँ १० कठ्ठामा गोलभेंडा खेती गर्नुभएको छ । “पहिलोपटक फल लागेको गोलभेंडा अनिवा’र्य टिप्नु नै पर्छ, यदि यो पटक नटिपेमा अर्को पटक फल लाग्दा समस्या हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले जसरी पनि टिप्नै पर्छ, तर, बिक्री गर्नलाई बजारी’करण छैन,।
हामीले किलोको रु दुईदेखि पाँच’सम्म बिक्री गर्ने गरेका छौं ।” त्यहाँका किसान’हरुले बिघाको वार्षिक रु ५० हजार जग्गा भाडामा लिएर खेती गरिरहेका छन् । यसका लागि बजारी’करण गर्न ढुवानीका लागि पहल लिनुपर्ने बताउनुभयो । जिल्लाका हरेक किसानहरुले लगाएको गोलभेंडा अहिले बोटमै कुहिने अवस्था’मा रहेको छ । ओएसनेपालबाट