आगामी ३ हप्ता नेपालको लागि अत्य’न्तै कठिन छ, त्यसैले ३ हप्ता दुःख सहेर घरभित्र बसौ : जनस्वास्थ्य विज्ञ डा पाण्डे

काठमाडौं । जनस्वा’स्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले  आगामी ३ हप्ता नेपा’लको लागि अत्यन्तै कठिन अवस्था हुने भएकाले यसलाई नजर अन्दाज नर्गन आग्रह गरेका छन् । अस्प’तालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने हुनाले अत्यन्तै सर्तक रहन आ’ग्रह गरेका छन् ।

उनले यो ३ हप्ता दुःख सहेर भए’पनि घरभित्र नै बस्न आग्रह गरेका छन् । डा. पाण्डेले ३ हप्ता पछि संक्रम:णको दर विस्तारै घट्दै जाने पनि बताएका छन् । यसैगरी, उनले जीवनको तुलनामा दुस्ख सानो भएकाले खा’द्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् ।

६ फिट’भन्दा धेरै दुरी कायम गर्ने, साबुन पानीरस्यानि’टाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपना’उन अपिल गर्दै सल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्था’मा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखि’मपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सवैमा उनको आग्रह छ ।

यो पनि पढ्नु’होस्, काठमाडौँ, २८ वैशाख – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसि’आर परीक्षण रोकिएको छ । अस्प’तालका निर्देशक डा सागर’राज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताउनुभयो । उहाँले बाहिरबाट समयमा किट नआए’पछि पिसिआर परीक्षण रोकि’एको बताउनुभयो ।

“हामी’ले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले दैनिक ५०० देखि ६०० सम्म प’रीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उहाँका अनुसार आगामी आइतबारदेखि पुनः पिसि’आर गरिनेछ ।(रासस)

प्रतिकृया दिनुहोस्