पूर्व’राजा ज्ञानेन्द्र शाहले जिते कोरोना

पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्र’मणमुक्त भएका छन् । राजधानीको थापाथ’लीस्थित नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत उनी कोरोना संक्रम’णमुक्त भएका हुन् ।

२ दिनअघि पुनः स्वाब परी’क्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको अस्पतालले मं’गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै पूर्व अधिरा’जकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

स्वाब रिपोर्ट नेगे’टिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्व राजा शाहलाई अक्सि’जन दिन छाडिएको छ । उनको अवस्था अहिले सा’मान्य छ ।

यस्तै पूर्व’रानी कोमल शाहको स्वास्थ्य अवस्थामा पनि लगातार सुधार भइरहेको अस्पता’लले जनाएको छ । कोरोना सं’क्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधि’बाट उपचार थालिएको थियो ।

पूर्वरानी शाहको अवस्था’मा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्प’तालको भनाइ छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्