मंगलबार पनि बढ्यो सुनको मूल्य, कति पुग्यो त?

निरन्तर उ’कालो लागेको सुनको मूल्य थप मं’गलबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महा’संघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज ते’जाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । तर, यता चाँदीको मूल्यमा भने गत सोम’बारको तुलनामा सामान्य गिरावट आएको महा’संघले जनाएको छ । महासंघका अनुसार गत सोमबार प्रति तोला एक हजार ३६० रुपैयाँ पुगेको चाँदीको मूल्य मंग’लबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा झरेको हो ।

यो पनि, गो’ल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभाव’कारी बनाउन १ करोड सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य वि’ज्ञान प्रतिष्ठानका उ’पकुलपति राजेश नाथ गोंगललाई १ करोड सहयोग हस्तान्त’रण गरेका हुन् ।

कोरो’नाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्प’ताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जिवन रक्षा गर्न सफल भएको थियो । अस्पता’लले सधैँ उत्कृष्ठ कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङ्कन गर्दै र अहिले दोश्रो लहरले झनै आ’क्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले उक्त सहयोग रकम हस्तान्तरण गरेको गोल्छा ग्रुपले बता’एको छ ।

गोल्छा ग्रुप’द्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभाव’लाई पूर्ति गर्न, स्वास्थ्य’कर्मीहरूद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बता’एको छ ।

गोल्छा ग्रुपका अध्य’क्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले अहिले देश एकदमै विषम परिस्थितिबाट गु’ज्रिरहेको र कोरोनाको यो दोस्रो लहरले हामी सबैलाई एकदमै अफ्ठ्यारोमा पारेको बताए । उनले यस महामारीको घडीमा पाटन अस्प’ताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सह’कार्यको थालनी गरेको र भविष्यमा पनि यस सहका’र्यलाई निरन्तरता दिने बताए ।

यसैगरी, पाटन स्वा’स्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले गोल्छा ग्रुपले यो विषम परि’स्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको यो सहयोग अत्यन्तै समय सापेक्ष भएको बताए । उनले यो सह’योगले अवश्य पनि हाम्रा फ्रन्टलाइन स्वास्थ्यकर्मीको पनि मनोबल बढा’उने बताए । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्