आज थप ९२७१ जनामा कोरोना पुष्टि, १३९ को मृ’त्यु

पछिल्लो २४ घण्टामा नेपा’लमा थप ९२७१ जनामा कोरोना’भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १३९ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइ’तबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृ’त्यु भएको थियो ।

यो पनि, एमाले अध्यक्ष तथा प्रधान’मन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपा’लको सम्झना गरेका छन् । उनले आफूले एक होटलबाट धरहरा हेर्दै गर्दा माधव नेपाल आइपुगेको र हेरेर राम्रो देखियो भनेको तर बाहिर गएर नेपालले अर्कै भा’षण गरेको बताए ।

प्रतिनिधि:सभामा विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओलीले कतिपयले धरह’रा नबन्दै उद्घाटन गरेको भन्ने टिप्पणी गरेको प्रति विमति जनाउँदै धरहरा बनिसकेको र नपत्याए हेर्न जान सांसद’हरुलाई सुझाए ।

‘धरहरा बनेको छ प_रैबाट देखिन्छ, अस्ति एकजना मित्रलाई मैले होटलमा भेट’घाट थियो । उहाँ नआइपुगेकाले मैले झ्यालबाट धरहरा हेर्दै थिएँ । यहाँबाट राम्रै धरहरा देखिँ’दो रहेछ भनेँ, उहाँले पछि भाषणै गर्नुभयो मलाइ धरहरा देखा’यो भनेर । धरहरा देखाउन नहुने कुरा हो र ?’, उनले भने , ‘मैले त सबै राम्रो देखिँदो रहेछ भनेर कुरा गरेको थिएँ ।’

आजको बैठकमा माधव नेपाल समू’हको उपस्थिति रहेको छैन । जसका कारण र अरु दल समेतले सहयोग नगर्ने हुँदा ओलीले विश्वासको मत नपाउ’ने देखि’एको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्