२४ घण्टामा ९ हजार १९६ जनामा संक्र’मण पुष्टि : ५० को मृ’त्यु

२९ सय ५ जनाले जि’ते कोरोना
काठमाडौं : पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा को’रोना भाइरस (कोभिड-१९) संक्र’मण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा सं’क्रमण पुष्टि भएको हो। मन्त्रा’लयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जि’तेका छन्।

मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पी’सीआर गर्दा ९ हजार २३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्र’मण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रिय सं’क्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।

कुल सं’क्रमित ३ लाख ७७ हजार ६०३ जना रहेको नेपालमा दुई लाख ९५ हजार ३९५ जना नि’को भएका छन् । मन्त्रालयका अनुसार अहिले ३८० जना क्वोन्टा’इनमा रहेका छन् । २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। योसँगै मृ’तकको संख्या तीन हजार ५७९ पुगेको छ ।

यो पनि पढ्नुहोस्, नेपाली कांग्रेस रुपन्देहीले कोरोना संक्र’मितको उपचार/हेरचाहका लागि पार्टी कार्यालयको भवनलाई अस्था’यी कोभिड अस्पताल वा आइसोलेसन बनाउन लागि प्र’योग गर्न सक्ने जनाएको छ ।

कोरोना महामारीमा संक्र’मित उपचारका लागि अस्पतालमा शैया अभा’वमा भइरहकाले पार्टीले यस्तो निर्णय गरेको हो । भैरहवास्थित रहेको कांग्रेस पार्टी का’र्यालयमा दुई वटा हल, एघार वटा कोठा र कमाउण्ड’सहित दुई तल्ले भवन छ ।

उक्त भवन अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्मा’णका लागि स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी संस्थाले संक्रमि’तहरुको उपचार/हेरचाहका लागि प्रयोग गर्न चाहेमा तत्काल उपलब्ध गराइने पूर्वखानेपानी राज्य मन्त्री एवं नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जा’कले जानकारी दिए ।

सरोकारवाला नि’कायहरु महामारी नियन्त्रण र नागरिकको जीवनको रक्षाका लागि गम्भीर बन्न आग्रह गर्दै उनले कुनै पनि संक्र’मित अस्पतालमा शैय्याको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले पार्टी कार्यालय उपलब्ध गरा’उन तयार भएको उनले बताए ।

कोरोना महामारीलाई निय’न्त्रणका लागि आवश्यक सबै सह’योग गर्न पार्टी तयार भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ । रुपन्देहीमा संक्रमित अस्प’तालमा उपचारका लागि शैयाको अभा’वमा पालो कुरेर बस्नुपर्ने बाध्यता छ । अस्पतालका शैयाहरु भरिभराउ छन् । जसकारण उपचारको अभावमा संक्र’तिमले ज्यान गुमाउनु परेको छ । अननपूर्णपोस्ट बाट

प्रतिकृया दिनुहोस्