एउटा संगीतको बलियो खम्बा आज बाट ढल्यो, प्रेमध्वज प्रधानको पशुपति आर्यघाटमा यसरि भयो दाहसंस्कार (भिडियो सहित)

वरिष्ठ गायक तथा सङ्गीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा आज निध’न भएको छ । छातीमा स’मस्या देखिएपछि वसुन्धरास्थित न्युरो अस्पताल काठमाडौँमा उप’चाररत प्रधानको निधन भएको हो । पुख्र्यौली घर सिन्धुपा’ल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंँको नःघलमा भएको थियो ।

पिता रत्नध्वज र माता प्राण’देवीका कोखबाट विसं १९९४ मा जन्मनुभएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । उनले गाए’को विसं २०१७ मा तारादेवीसँगको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसार’मा लम्कन्छ, २०२१÷२०२२ सालतिरको घु’म्तीमा नआऊ है, गोरेटो त्यो गाउँको जस्ता गीत अझै पनि लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्र’कमल फूल फुल्यो जस्ता लोकगीत पनि चर्चित छन् ।

विसं २०२४ मा माइ’तीघर चलचित्रमा पहिलो’पटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी जस्ता गीत अझै पनि सबैको जनजि’ब्रोमा झुण्डिएको छ । उनका हजुरबा नारायणकृष्ण र आमा सङ्गीतका पारखी भएकाले उनि सङ्गीतमय वातावरणमा हुर्किनुभएको थियो ।

उनि कि’शोरावस्थामा नारायणगोपालका साथ झण्डै एक महिना बिताउने गरी चौतारा पुगेको पारिवारिक स्रोतले जना’एको छ । उनले आधुनिक, लोकगीत, भजन तथा नेवारी गीत गरी एक हजा’रभन्दा बढी गीत गएको बताइन्छ । उन’का श्रीमती र दुई छोरा छन् ।

यस्तो थियो उनको जी’वनी :
वि.सं.१९९४ साल असार कृष्णपक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारा बजारमा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको सम्पन्न परिवारमा प्रेम’ध्वज प्रधानको जन्म भयो । प्रेमध्वज प्र’धानको परिवारमा जिजुबाजे नारा’यणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्ने व्यक्ति भएका कारण उनीहरुले आफ्नो घरमा गोपाल नाम गरेका एकजना सङ्गीत’कर्मीलाई राखेका थिए । त्यसकारण उनीहरुको घरमा दिनहुँजस्तो साङ्गीतिक कार्यक्रमहरु भइरहन्थे । घरको यस्तो वाता’वरणबाट प्रेमध्वज टाढा रहने कुरै थिएन, विस्तारै उनी पनि सङ्गी’तप्रति चाख राख्न थाले ।

प्रेमध्वज प्रधानको बुबाको घर काठमा’डौँको बाङ्गेमुढा, नघलटोलमा पनि भएको र बुबा यतै बसेर व्यापार व्यवसाय गर्ने भएका भएका कारण केही वर्ष’चौतारा बसेपछि प्रेमध्वज र आमा प्राणदेवी पनि काठमाडौँ आए । बाल्याकालको केही समय सुखसँग बिताएका प्रेमध्व’जको जीवनमा विस्तारै दुखद् दिनहरु आउन थाले । प्रेमविवाह गरेका उनको आमा र बुबा विभिन्न कार’णवश छुट्टिएर बस्न थाले ।

वि.सं. २००२ सालदेखि विश्वनि’केतन मा.वि.बाट औपचारिक शिक्षाको शुरुवात गरेका प्रेम’ध्वजको नाम त्यतिबेला गणेशध्वज थियो । निकै सुन्दर र आकर्ष देखिने उनलाई यस्तो नाम सुहाएन भनेर उक्त स्कलका प्रधानअध्यापक प्रेमबहादुर श्रेष्ठले आफ्नै नाम प्रेम राखेर प्रेमध्व’ज बनाइदिए ।

स्कूल पढिरहेकै बेला २००९ सालमा रेडियो नेपाल’मा स्वर परीक्षा दिन गएका प्रे’मध्वज प्रधान ‘क’ श्रेणीमा उत्तीर्ण भए र त्यसबापत् तीनओटा गीतहरु रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा गाउने मौका पाए । उनले पहिलोपटक रेडियो नेपालको प्रत्यक्ष प्रसार’णमा उस्ताद भैरबबहादर थापाको शब्द र सङ्गीतमा गाएका थिए ।

रेडियोमा गीत गाउन थालेपछि उनले साङ्गीतिक गतिविधिलाई पनि अझ तीव्र रुप’मा अघि बढाउँदै गए । गीतकार राममा’न तृषितले खोलेको नवकला परिवार नामक संस्थामा’र्फत् उनी काठमाडौँका विभिन्न ठाउँहरुमा हुने साङ्गीतिक कार्यक्र’महरुमा सहभागी हुन थाले ।

वि.स. २०१० सालमा वाद्य शिरोमणि गणेश’लाल श्रेष्ठसँग १५ महिना शास्त्रीय सङ्गी’तको शिक्षा लिएका प्रेमध्वजसँग शुल्क तिर्ने पैसा नभएका कारण त्यसको बदलामा उनले सङ्गीत सिकु’ञ्जेलसम्म दुवै आँखा नदेख्ने आफ्ना गुरु गणेश’लाललाई उनको घरदेखि रेडियो नेपाल लाने ल्याउने काम गर्थे । आफ्नो स्वर बिग्रेला भनेर निकै चिन्तित हुने प्रेमध्वज स्वरलाई ठीक राख्न अनेक उपा’यहरु अपनाउने गर्थे ।

२०१० सालमा ए’सएलसी परीक्षा दिएका प्रेमध्व’ज संस्कृत विषयमा ४ नम्बर नपुगेका कारण फेल भए र पढाईमा नि’ष्क्रिय जस्तै भए । यसबीचमा समय कटाउन उनी कि त बुबाको कपडा पसलमा बस्थे कि त साथीह’रुको साथ लागेर दि:ल्ली बम्बई घुम्थे ।

आइ.एस्सी. पढ्न नसके’पछि प्रेमध्वज प्रधान सरस्वती कलेजमा रातीको समयमा आइ.ए.मा पनि भर्ना भए । बुबासँग छट्टिएर बसेका कारण दुइ आमाछोरालाई घर खर्च चला’उन निकै गाह्रो पर्दर्थ्यो ।

प्रेमध्वज प्रधा’नकी आमाले निकै दुःखकष्ट गरेर पुतली, गुडिया बनाई त्यसको बिक्रिबाट आउने पैसा’बाट आफ्नो र छोराको जीवनयापन गरिरहेकी थिइन् । आमाले आफ्ना लागि यसरी दिनरात दुःख गरेका कारण प्रेमध्व’जको मन रुन्थ्यो । त्यसकारण उनी चाँडै जागिर खाएर आमालाई सुख दिनका लागि चारैतिर जागि’र खोज्न थाले ।

आफू गाय’क भएका कारण प्रेमध्वज रेडियो नेपालमा गायकको रुपमा जागिर खान चाहन्थे र यसका लागि उनले निकै प्रया’स पनि गरे । मासिक तलब ९० रुपियाँ पाउने ठाउँमा ४५ मात्रै लिन्छु भन्दा पनि उनले रेडियोमा जागिर पाएनन् । जागि’रको खोजीमा भौतारिरहेका प्रेमध्वजले २०१७ सालदेखि अ’मेरिकी सूचना केन्द्रमा टाइपिष्टको जागिर पाए ।

अमेरिकी सूचना केन्द्र’मा जागिर खान थालेपछि उनको जीवनमा सुधार आउन थाल्यो । यतिबेलासम्म गीत रेक’र्डिङ गर्ने सुबिधा नेपालमा नआ’इसकेका कारण गीत रेकर्ड गर्न भारत नै जानुपर्दथ्यो । त्यसैले २०१८ सालमा प्रेमध्वजले केही पैसा जम्मा गरी बम्बईको बम्बई लेबोरेटरीमा गई लङ्ग लेइङ्ग डिस्कमा ४ वटा गीतहरु रेकर्ड गरे । उनले त्यहाँ रेकर्ड गरेको पहिलो गीत माया नमार मायाले थियो । बम्बईमा रेकर्ड गरेका गीतहरु रेडियो नेपालमा बज्न थालेपछि उनले देशव्या’पीरुपमा नाम कमा’ए । रेडियो नेपालमा प्रेमध्वज प्रधानका गीतहरुको एकप्र’कारले एकछत्र राज नै चल्न थाल्यो ।

सुमधर मखमली आवा’जका धनी प्रेमध्वज प्रधानले २०२३ सालमा पहिलोपटक चलचित्र माइती’घरमा पार्श्व स्वर दिने अवसर पाए । उनले बम्बइमा भारतीय गायिका उषा मंगेशकरसँग गाएको नमान लाज यस्तरी गीत नेपाली गायकले विदेशी गा’यिकासँग गाएको पहिलो गीत हो ।

चलचित्र माइ’तीघरमा अभिनय गर्न नेपाल आएकी त्यसबेलाकी चर्चित भारतीय नायिका माला सिन्हा उक्त चल’चित्रका पार्श्व गायक प्रेमध्वज प्रधान’को स्वर र रुपबाट भुतक्कै भइन् र प्रेमध्वजलाई प्रेम प्रस्ताव राखिन् र बम्बइ गएर हिन्दी चलचित्रको गायक बन्न जोड गर्न थालिन् । त्यसबेला माला सिन्हा प्रेमध्व’जप्रति कतिसम्म आसक्त भएकी थिइन् भने- उनको सुटिङ जहाँ जहाँ पथ्र्यो, त्यहीँ त्यहीँ प्रेमध्वज जानै पथ्र्यो । तर प्रेमविवाह असफल हुन्छ भन्ने छाप परेको प्रेमध्वजको कलिलो मस्तिष्कले माला सिन्हाको प्रेमप्रस्ता’वलाई स्वीकार गरेनन् ।

माला सिन्हा बर्म्बई फर्किंदा उनले प्रेमध्व’जलाई पनि उतै आउने निम्तो दि’एर गइन् । माला सिन्हाको निम्तो, बर्म्बई गएर सङ्गीतमा केही सिक्ने र त्यहाँ नाम चलेका गायक सङ्गी’तकारहरुसँग भेट्ने इच्छा भएका कारण प्रेमध्वजले अफिसमा १ वर्षजतिको बिदा मिलाएर बम्बई पुगे र त्यहाँ रमाइ’लोसँग आफ्ना दिनहरु बिताउन थाले ।

बम्बइमा माला सिन्हा’लाई भेटेपछि उनलाई खान बस्नको पीर भएन । त्यसकारण उनी निष्फिक्रीरुपमा घुम्न र त्यहाका कलाकारहरुलाई भेट्न थाले । सन् १९६९ मा भारतीय विद्या’भवनमा सङ्गीत पढ्ने विचारले त्यहाँ पुगेका प्रेमध्वजले घम्तीमा नआउ है र पारिदेखि जुनकिरी बोलको दुइ वटा गीत सुना’एपछि यति राम्रो त यहाँका गायकले पनि गाउदैनन्, त्यसैले तिमीले सङ्गीत सिक्न आवश्यक छैन भनी प्रशिक्षकहरुले फर्काइदिए । माला सिन्हा’को विशेष आग्रहमा उनले सन् १९७० को फिल्म फेयर अवार्डमा समेत् केही गीतहरु सुनाए’र त्यहाँ उपस्थित कैयौँ भारतीय कलाकार’हरुलाई नेपाली गीतको परिचय गराए ।

प्रेमध्वजको स्वरको मीठास’बाट प्रभावित भई जयदेव, कल्याणजी आनन्द’जी र खैयामजस्ता केही भारतीय सङ्गीतकारहरुले उनलाई त्यहीँ बसेर हिन्दी गीत गाउन अनुरोध पनि गरे । तर यसै बी’चमा उनकी आमा बिरामी भएको खबर नेपालबाट आयो र उनलाई नेपाल तुरुन्त नेपाल फर्किन पर्ने भयो । यदि अरु केही महिना उनी बम्बई बसेका भए उनले भारतीय चलचि’त्रहरुमा पनि गाउने निश्चितजस्तै थियो ।

परिवा’रको एक्लो छोरो भएको, नेपालमै राम्रो जागिर भएको र गायकको रुपमा पर्याप्त मात्रामा नाम कमाइ’सकेको हुनाले उनलाई फेरि बर्म्बई फर्किन मन लागेन र नेपालमै बसेर आफ्नो जागिर, गायन र अध्ययनलाई अगाडि बढा’उन थाले । यसैक्रममा सन् १९६७ मा सरस्वती कलेजबाट स्नातक उत्तीर्ण भए । सबै कुराले भरिपूर्ण हुँदै गएका प्रेमध्वज यतिबेलासम्म लक्का जवान भइ’सकेका थिए, घरपरिवार र साथीभाईहरु’मार्फत् उनलाई विवाह गर्ने उमेर जान लाग्यो भनेर करकर गर्न थाले ।

त्यसबेला प्रेमध्व’जलाई मन पराउने थुप्रै यवतीहरु थिए तर प्रेमविवाहमा विश्वास नराख्ने उनले वि.सं.२०२८ साल फागुन ६ गते डिल्ली’बजारकी किरण श्रे’ष्ठसँग मागी विवाह गरे । प्रेमध्वजको विवाहमा नारायण गोपाल, नातिकाजी, पुष्प नेपाली, माणि’करत्न, सिके रसाइलीजस्ता थुप्रै गायक-सङ्गीतकार साथी’हरु जन्ती गएका थिए ।

प्रेमध्वज र किर’णबाट प्रशन्नध्वज र कविरध्वज गरी २ छोरा जन्मिए । आफ्नो बुबाको बाटोलाई मध्यम गतिमा पछ्याइर’हेका उनका छोराहरुमध्ये जेठा प्रशन्नले चाँही केही नेपाली गीतहरु गाइसकेका छन् भने कान्छा कविर पनि गीतहरु गाउने तर’खरमा छन् ।

अलि लजालु स्वभा’वका प्रेमध्वज प्रधान खानामा त्यति शौखिन छैनन्, एक्लै एकान्तमा बस्न मन पराउने उनलाई घरभि’त्रको काममा सहयोग गर्न त्यति जाँगर चल्दैन ।

कुनै समय एक’सेएक गीतहरु गाएका प्रेमध्वज प्रधान आफ्नो गायन जीवनको बीचतिर अलि क’मजोर देखिएका छन् । जस्तासुकै गीतहरु गाउन अनुरोध गरे पनि नाई भन्न नसक्दा प’छिल्लो समयमा उनी ओझेल परेको समकाली’नहरु बताउँछन् ।

माइतीघर, अन्याय, मायालु, बदलिँदो आकास, फेरि फेटौँला, जीवनरेखाजस्ता १२ वटा चलचित्रहरुमा स्वर दिइसकेका प्रेमध्वज प्रधानले ४ ओटा जति लोकगीत र २०-२५ ओटा जति भजनहरु गाएका छन् । साङ्गीतिक भ्रमणको लागि अमेरिकामा मात्र पुगेका प्रेमध्वजले ७०० वटा भन्दा बढी आधुनिक, राष्ट्रिय, लोक, भजन, नेवारी र चलचित्रका गीतहरु गाइस’केका छन् । त्यस्तै, उनी २०२१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगि’तामा प्रथम, २०४४ सालमा गोरखा दक्षिण बाहु चौथा, २०४७ सालमा छिन्नलता पुरस्कार, २०५३ सालमा विख्यात त्रि-शक्तिपट्ट तेस्रा, २०५८ सालमा भूपालमानसिंह पुरस्कार, २०५९ सालमा गंगा लुनक’रणदास चौधरी पुरस्कार, २०५९ सालमै इमेज च्यानल र हिट्स एफ.एम.बाट लाइफ टाइम एचिभमेन्ट अवार्डजस्ता सम्मान, पदक र पुरस्का’रहरुले पनि सम्मानित भइस’केका छन् ।

अमेरिकी सूचना केन्द्रको जागि’रपछि अवकाश जीवन बिताइरहेका प्रेमध्वज हिजो’आज बिहान बेलुका केही क्षण रियाज गर्नुका साथसाथै हरेक बिहान केही योग र प्राणा’याम गर्ने गर्छन् । त्यसैगरि उनी हरेक बिहान कम’लादी गणेशस्थान मन्दिर, भद्रकाली मन्दिरमा गएर पूजा गर्ने र असनका गल्लीहरुमा १-२ घण्टा’जस्तो हिड्ने गर्छन् ।

६९ वर्षको उमेरमा पनि उत्तिकै जाँग’रका साथ गीतहरु रेकर्ड गरिरहेका प्रेमध्वज प्रधानले नेपाली सङ्गीतको आका’समा कहिल्यै नअस्ताउने एउटा चम्किलो तारा हन् । उनको स्वरमा सजिएका सुमधुर गीतहरुका माध्यमले नेपाली श्रोता’हरुले उनलाई अनन्तकालसम्म सम्झिरहने छन् । उनका स्वरमा अझै पनि पहिलेजस्तै कालजयी गीतहरु आउन सकोस् भन्ने आशा सम्पूर्ण सङ्गीतप्रेमीहरुले अहिले पनि राखि’रहेका छन् । इताजा खबरबाट

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्