संक्र’मितको नयाँ रेकर्ड–थप ९०७० जनामा संक्र’मण पुष्टि

पछिल्लो २४ घण्टा’मा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यां’कअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । यसअघि बुध:बार देशभर ८६५९ जनामा संक्रमण पु’ष्टि भएको थियो भने ५८ जनाको मृ’त्यु भएको थियो ।

मन्त्रा’लयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्ष’ण गर्दा क्रमशः ८९७० र १०० जनामा संक्रम’ण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाए’का छन् ।

यससँगै देशभर कोरोना संक्र’मितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुने’को कुल संख्या २ लाख ९२ हजार ४९० पुगेको छ । पछिल्लो २४ घण्टामा २७०७ जना निको भएको पनि मन्त्रा’लयले जनाएको छ । यस्तै मृ’तकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।

देशभर सक्रिय संक्र’मितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्र’तिशत रहेको छ ।

पछिल्लो समय दिनहुँ संक्र’मितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा नि’षेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमा’डौंमा मात्रै ३१ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बिहीबार जनाए’अनुसार ३१६३ जनामा सं’क्रमण पुष्टि भएको हो । यस्तै ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा संक्रम’ण पुष्टि भएको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्