गायक प्रेमध्वज प्रधानको नि’धन, यस्तो छ उनको सांगीतिक यात्रा

बरिष्ठ संगी’तकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार नि’धन भएको छ । छातीमा सम’स्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । वरिष्ठ गायक प्रधान अस्व’स्थ भएपछि शुक्रबार काठमाडौं न्यूरो अस्पताल भर्ना गरि:एको फिल्म निर्माता एवं कवि प्रकाश सायमीले जनाएका छन्। उनलाई केही दिनदेखि वि’सन्चो भएको जनाएको छ।

८२ वर्षीय प्रधा’नको पाँच वर्ष अघि ‘हेमाटोमा’को शल्यक्रिया गरिएको थियो। उनलाई कोरोना भएको आशं’का गरिएको कवि सायमीले जनाएका छन्।

वरिष्ठ गा’यक प्रधानले थुप्रै गीतमा स्वर दिएका छन्। प्रकाशका अनुसार गायक प्रधा’नको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्य’क्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए ।

गायक प्रधानका ‘घुम्ती’मा नआउ है’, ‘तिमीलाई अचे’ल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजा’उ फूलहरु’लगायतका गीत लोकप्रिय छन् । निधन भएको जानकारी संगी’तकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए ।

यस्तो थियो उनको जी’वनी :
वि.सं.१९९४ साल असार कृष्ण’पक्षका दिन सिन्धुपाल्चोक जिल्लाको चौतारा ब’जारमा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको सम्पन्न परिवारमा प्रेमध्वज प्रधानको जन्म भयो । प्रेमध्वज प्रधानको परिवारमा जिजुबाजे नारायण’कृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि राख्ने व्यक्ति भएका कार’ण उनीहरुले आफ्नो घरमा गोपाल नाम गरेका एकजना सङ्गीतकर्मीलाई राखेका थिए ।

त्यस’कारण उनीहरुको घरमा दिनहुँजस्तो साङ्गी’तिक कार्यक्रमहरु भइरहन्थे । घरको यस्तो वाताव’रणबाट प्रेमध्वज टाढा रहने कुरै थिएन, विस्तारै उनी पनि सङ्गी’तप्रति चाख राख्न थाले । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्