कोरोना संक्रमणले भारतमा विश्व रेकर्ड, एकैदिन यती धेरै थपिए

भार’तमा विश्वकै अहि’लेसम्मको एकैदिनको उच्च संक्र’मण पाइएको छ ।  विश्वको तेस्रो उच्च संक्र’मित संख्या रहेको भा’रतमा एकैदिन ७८ हजार ७८१ जना संक्रमित थपि’एका छन् ।

यसअघि १७ जुला’ईमा ७८ हजार २९९ संक्रमित सहित अमेरिकामा विश्वकै उच्च दैनिक संक्रमण पाइएको थियो । दशौँ लाख’ले रोजगारी गुमाएको मार्च महि’नायताको पुष्ठभूमिमा सरकारले अर्थतन्त्र उकास्ने’ प्रयासस्वरूप प्रतिबन्धहरू क्रमशः हटाइरहँदा त्य’स्तो वृद्धि देखिएको हो ।

विश्वमा पुष्टि भएका संक्रमि’तको संख्या साढे दुई क’रोड नाघ्दा कोभिड-१९ भएर ज्या’न गुमा’उनेको संख्या आठ लाख ४३ हजार बढी पुगेको छ ।

जोन्स हप्किन्स विश्ववि’द्यालयको अनुसन्धान’का अनुसार करिब ६० लाख संक्रमित’हरू सहित अमेरिका सबैभन्दा उच्च प्रभावित देशको रूपमा छ । धेरै ग्रामिण क्षेत्र’मा कोभिड-१९ वृद्धि’को क्रम दे’खिनु यतिखेर मुख्य सरोकार बनेको छ।

कोभिड-१९ को महा’मारी सुरु हुँदा भार’तको अवस्था ठिकठिकै थियो । त्यसबेला कडा लक’डाउन गरिएको थियो । तर भाइरस साना सहर वा गाउँमा फैल’नुअघि मुम्बई र दिल्ली’जस्ता ठूला सहरमा देखिन थाले । – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्