कोरोनाको सङ्क्र’मण देशभर बढेपछि ५२ जिल्लामा नि’षेधाज्ञा

मुलुकमा कोभिड–१९ सङ्क्र’मण बढ्दो क्रममा रहेसँगै नियन्त्र’णका लागि विभिन्न जिल्लाले निषे’धाज्ञा जारी गरेको छ । वैशाख ७ देखि जारी हुन थालेको नि’षेधाज्ञा आजसम्म ५२ जिल्लामा पुगेको छ । त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । पछिल्लो चौविस घण्टामा छ जिल्लामा निषे’धको आदेश जारी भएको गृह मन्त्रा’लयले जनाएको छ ।

जस अनुसार यसरी आदेश जारी हुने जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, र नव’लपरासी पश्चिम रहेको छ । त्यस:मध्य तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक आदेश जारी भएको छ । नवलपरासी पश्चिममा आज बिहा’नदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि लागू हुनेछ । बारा र सिरहामा बिहीबार बिहान ६ बजेदे’खि लागू हुनेछ ।

सर’कारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्ला’मा प्रमुख जिल्ला अधिकारीबाट निषेधा’ज्ञ जारी गरी कोभिड–१९ सङ्क्र’मण रोकथामको प्रयास भइ’रहेको छ । अहिले बाँके, सुर्खेत, का’ठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाज’रकोट, रुकुम पश्चिम, डडे’लधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञ लागू गरिएको छ ।

यस्तै प्यूठान, काभ्रेप’लाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवा’कोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ । त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेप’लाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दी आंशिक निषेधाज्ञ छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्