चार्टर उडान भन्दा नियमित उडानको भाडा झन् महँगो

नियमित हवाई भाडादर चार्टर उडा’नभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडा’नको नयाँ भाडा लकडाउन (चैत) अघिको तुल’नामा भने झन्डै सात गुणा’सम्म महँगिएको छ।

नियमिततर्फको यो नयाँ भाडादर आइकाओले नि’र्धारण गर्ने वाई क्लासको रहेको र माग तथा आपू’र्तिका आधारमा तय हुने भएकाले विदेशमा अलपत्र नेपालीले स्वदेश फर्कन च’र्काे मूल्य चुकाउनुपर्नेछ। कोरोनाका कारण वि’देशमा अल’पत्र नेपालीले अब चार्टर उडा’नभन्दा पनि नियमित उडानका लागि महँगो भाडा तिनुपर्नेछ।

हवाई यात्राका लागि टिके’टिङ गर्ने प्रणा’ली जिडि’एस (ग्लोबल डिस्ट्रिब्युसन सिस्टम) मा चार्टरभन्दा पनि नियमित उडान भाडा महँगो भएको देखिन्छ। सरका’रले यसअघिका उद्धा’र उडान व्यवस्थापन नगर्दा ट्राभल एजेन्सीहरूले मन’लाग्दी भाडा असुलेको भन्दै विरोध भएको थियो।

विरोध बढ्दै गएपछि केही गन्तव्यमा उद्धार उडा’नतर्फको टिकटको मूल्य पाँच हजार’देखि नौ हजार रूपै’याँसम्म घटाइएको थियो। तर अब नियमित उडानमार्फत अल’पत्र नेपाली ल्याउन विमा’न कम्पनीहरूले महँगोमा टिकट बेच्न थाले’का छन्।

चैतअघिभन्दा अहिले तय गरिएको भाडा पौने सात गुणासम्म महँगो भएपछि विदेशमा रोजगारी गुमाएका, आम’माफी पाएका नेपालीलाई स्वदेश फर्कन झनै स’मस्या पर्ने देखिएको छ। बुधबारदे’खि दिनमा दुईवटा निय’मितसहित एक उद्धार उडानबा’ट पाँच सयजना ‘नबढ्ने गरी नेपाली ल्याउने उडान तालिका सार्वज’निक भएको छ।

सरकारले अहिले आएर नियमित उडा’न खोल्नुभन्दा नेपालमा रहेका विदेशी लैजान आएका चार्टर विमानबाट नेपा’लीलाई ल्याउन दिएको भए राम्रो हुने विज्ञ’हरूको धारणा छ। उद्धार उडान व्य’वस्थित गर्दै उडान संख्या थपेको भए राम्रो हुने विज्ञको भनाइ छ।

हाल तय भएको टिक’ट शुल्कमा पुनर्वि’चार गर्न विमान कम्पनी तथा ट्राभल एजेन्सीहरूसँग छलफल जारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगे’शकुमार भट्टरा’ईले बताए।

‘चार्टर उडानतर्फको टिक’टको शुल्क सरका’रले तोके पनि नियमिततर्फको भाडा कायम गराउन विमान कम्पनीहरूको मुख्य भूमिका हुने भए’काले एकाधिकारका रूपमा भा’डा तय गरेको देखिन्छ,’ मन्त्री भट्टराईले नागरिकसँग भने,

‘सीमित उडान भए’को र टिकटको वर्गीकरणअनुसार भाडा तय भएको देखिएकाले के कारणले महँगो भयो भन्नेबारे सरकारले ध्यानाकर्षण गराएको छ।’ याे खबर नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्