दुवै डोज खोप लगाएकी, जनप्रतिनिधि भण्डारीको कोरोनाका कारण नि’धन

कोरोना भाइ’रसको सङ्क्रमणबाट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जन’प्रतिनिधिको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा ३० वर्षिया तेजुमाया भण्डारी परि’यार रहेकी छन् । परियारको राति ११स्३० बजे मृ’त्यु भएको धौलागिरी अञ्चल हस्पिटलमा उपचारका क्रममा नि’धन भएको हो । वडा न ३ बाट निर्बा’चित महिला सदस्य ताराखोला गाउँपालिकाको कार्यपालिका सद’स्य समेत हुन ।

करिब एकहप्ता अघि’देखी बिरामी भएपनि १८ गते मात्र कोरोना सं’क्रमण पुष्टि भएको थियो । कोरोना संक्र’मणको शिकार बनेकी उनले दुवै चरणको कोरोना वि’रुद्धको खोपसमेत लगाएको बताइएको छ । काठेखोला गाउँपालिका(३ धम्जा माइत भएकी उनले अन्तर’जातिय विवाह गरेकी हुन्। भण्डारी नेकपा माओवादी केन्द्र’बाट ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्य’पालिका सदस्य बनेकी थिइन्।

उनी अखिल नेपाल महिला संघ क्रा’न्तिकारीको जिल्ला सदस्यसमेत हुन्। करिब एकहप्ता अघिदेखी बिरा’मी भएपनि १८ गते मात्र कोरोना सं’क्रमण पुष्टि भएको थियो । स्थानीय क्लिनिकबाट औष’धि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वा’समा धेरै नै गाह्रो भएपछि मात्रै गाउँपालिकाको कोभिड अस्प’ताल लगिएको थियो ।

त्यस्तै भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्र’मितको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् ।

अस्पतालका अ’नुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्र’ममा सोमबार राति १२ः४५ बजे मृ’त्यु भएको हो । निमोनिया र श्वासप्रश्वासमा स’मस्या देखिएर उपचारका लागि अस्पताल आएका उनमा वैशाख १९ गते कोरोना स’ङ्क्रमण पुष्टि भएको थियो । कोरोना स’ङ्क्रमण पुष्टिपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृ’त्यु भएको हो ।

यस्तै बाराको सिमरा उपमहानगरपालिका–१ बस्ने ३८ वर्षीय पुरुषको कोरोनाका कारण मृ’त्यु भएको छ । छातीमा सम’स्या भई वैशाख १२ गते अस्पतालमा भर्ना भएका उनमा १३ गते कोरोना सङ्क्र’मण पुष्टि भएको थियो । कोरोना स’ङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उप’चारका क्रममा उनको सोमबार साँझ ६ः४५ बजे मृत्यु भएको हो ।

क्यान्सर अस्प’तालले शुरु ग-यो कोभिड वार्ड
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड वार्ड सञ्चा’लनमा ल्याइएको छ । क्यान्सरको उप’चार गर्न आउने बिरामी र काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस स’ङ्क्रमण देखिएमा राख्न मिल्ने गरी वार्ड स’ञ्चालनमा ल्याइएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार हाललाई १५ शय्या त’यार गरिएको छ । सोही ठाउँमा विस्तार गरेर २० शय्यासम्म पु¥याउन सकिने छ । देशैभरिबाट क्या’न्सरका बिरामी आउने र उनीहरुमा कोरोना भाइरसको सङ्क्र’मणको उच्च जोखिम रहने हुँदा वार्ड तयार गरिएको उ’हाँले बताउनुभयो । अस्पताल आउने बिरामी र कुरुवालाई अनिवार्य पिसिआर प’रीक्षण गर्नुपर्ने व्यवस्था अस्पततालले गरेको छ ।

अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले कामको सिलसिलामा चिकित्सक कर्मचारीलाई सङ्क्र’मण भए पनि सोही वार्डमा राखेर उपचार गर्ने व्यव’स्थाा गरिएको बताउनुभयो । हाल अस्पतालमा कार्यरत १४ चिकित्सक कर्मचारीलाई सङ्क्र’मण देखिएको छ । उनीहरु अधिकांश होमआ’इसोलेशनमा रहेका छन् । यससँगै जिल्लाको सरकारी भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा सङ्क्र’मितको उपचार हुँदै आएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्