रोजगारी गुमा’एर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फ’र्किए

कोरोना भाइरस महामा’रीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपा’ली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्कि’एका कोभिड–१९ संकट व्यवस्थापन सञ्चा’लन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सर’कारले कुनै योजना ल्याएको छैन।

केन्द्रका अनुसार सब’भन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्कि’एका छन्। दोस्रोमा रोजगारी गु’माएर फर्किने मुलुकमा कतार पर्छ। यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन्। मले’सियाबाट ४८ हजार ४ सय ३५, साउदी अर’बबाट ४१ हजार ६ सय ६८, कुवेतबाट २३ हजार ३ सय ४१, भारतबाट ३६ हजार १ सय ९५, टर्कीबाट १३ हजार ६ सय ३४, जापानबाट १३ हजार ५ सय २५ जना फर्कि’एका छन्।

सिंगापु’रबाट ५ हजार ५ सय ३, ओमनबाट ५ हजार ३ सय ७६ र दक्षिण कोरियाबाट ३ हजार ५ सय ६२, चीनबाट ३ हजार ५ सय ५८, हङकङ र मका’उबाट ३ हजार १ सय ६४ जना छन्। बंगलादेशबाट २ हजार ५ सय ९५, बहराइनबाट १ हजार ३ सय ५५, अस्ट्रेलियाबाट १ हजार २ सय ४४ र मा’ल्दिभ्सबाट १ हजार १८ जना कोभिड १९ को असज परि’स्थितिका कारण स्वदेश फर्किएका हुन्। यो समा’चार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्