सरकारले सात दिन सा’र्वजनिक बि’दा दिने

कर्णाली प्रदेश सरकारले विसं २०७८ मा सात दिन सार्वज’निक बिदा दिने नि’र्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रा’लयका प्रस्तावमा शुक्रबार बसेको मन्त्रि’परिषद् बैठकले यस वर्षका सार्वजनिक बिदा स्वी’कृत गरेको हो ।

सर’कारका प्रवक्ता विमला केसीद्वारा सार्वजनिक गरिएका मन्त्रि’परिषद्का निर्णयानुसार असार १५ गते जुम्ला’बाहेक नौ जिल्लामा धान दिवस, साउन १ गते साउने सं’क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, भदौ १४ गते श्रीकृष्णजन्माष्टमी र असोज शुक्ल पूर्णिमा कात्तिक ३ गते प्रदेशभर बिदा स्वी’कृत गरिएको छ ।

त्यस्तै असोज कृष्ण त्रयोद’शीका अवसरमा चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला तथा चैत १२ गते जुम्लामा मात्र धान दिवसको बिदा दिने नि’र्णय गरिएको आर्थिक मामिला तथा योज’नामन्त्री केसीले जानकारी दिनुभयो ।

यो पनि, ‘प्राकृ’तिक जीवनशैली अपनाए कोभिड–१९ बाट बच्न सकिन्छ’
कोरोना भाइर’सजस्ता सङ्क्र’मणबाट बच्न जीवनशैलीलाई प्राकृतिक बनाउ’नुपर्नेमा यस क्षेत्रका विज्ञले जोड दिनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल सांस्कृ’तिक पत्रकार समाजले आज भर्चुअल माध्य’मबाट आयोजना गरेको ‘महामारीमा तनाव व्यवस्थापन, योग, ध्यान र आयुर्वेदबाट समाधान’ विषयक प्रवचन कार्य’क्रममा नेपाल संस्कृत विश्व’विद्यालय योग र प्राकृतिक चिकित्सा विषय समितिका अध्यक्ष डा हरिप्रसाद पोखरेलले अप्राकृतिक जीवनशै’लीकै कारण विश्वभर कोभिड–१९ जस्ता रोग बढे’को बताउनुभयो ।

कोभि’डको दोस्रो लहरपछि अरु पनि यस्तै रोग आउने भएकाले प्राकृतिक जीवनशैलीमै फर्किएर यसबाट समाधान निका’ल्न सकिने उहाँको भनाइ थियो । नेपाली’को भान्सा संस्कृति पहिलेदेखि वैज्ञानिक रहेकामा आधुनि’कताका नाममा पछिल्लो समय केही संस्कार बिर्सन थालेकाले पनि मानिसमा रोग बढ्न थालेको छ । बेसार, अदुवा, आलस, सिलाम, तिल, जस्ता ९० देखि १०० औष’धिजन्य बीज सूक्ष्म पोषक तत्वयुक्त चीजबी’जलाई फेरि भान्सामा फर्काउनुपर्नेमा पोखरेलले जोड दिनुभयो । सुत्केरीलाई खु’वाउने बत्तीसा मसला भने अहिले पनि उपयोग भइ’रहेको छ ।

“वैदिक कृषि प्रणा’लीलाई पनि ५० वर्षअघिदेखि हटाएर उत्पादन बढाउने नाममा रा’सायनिक मल भित्र्यायौँ, एक लिटर दूध दिने गाईलाई तीन लिटर दूध दिने बनायौँ, यसैबाट रासा’यनिक विषादी आएर मानिसलाई रोगी बनाउन थाल्यो, यसैले अब जैवि’कसमेत भनिने वैदिक कृषि प्रणा’लीमा फर्कन जरुरी छ”, उहाँले भन्नुभयो ।

जीराका गेडा पिनेर महिनौँ त्यही धुलो प्रयो’ग गर्ने, पहिले स्वस्थकर मिठाई’का रुपमा सेल रोटी प्रयोग हुने गरेको थियो । तरकारी पकाउँदा मेथी, खुर्सानी, लसुनजस्ता चीज डढाउ’नाले समेत रोग निम्त्या’उने गरेको छ । सेल रोटी थोरै गुलियो र तेलमा बन्न सक्थ्यो त्यसलाई छाडेर धेरै गुलियो र चिल्लो प्रयोग हुने मिठाईका पछि लाग्दा समेत रोग बढ्न थालेकाले सचेत हुन उहाँ’ले आह्वान गर्नुभयो । पहिले नेपाली मिठाईका रुपमा प्रयोग हुने खीरको प्रचलन’समेत घट्न थालेको छ ।

तयारी भोजन मृ’त्युको पनि तयारी
चाउचाउ, चिजबल, बिस्कु’टजस्ता ‘फास्ट फुड फास्ट डेथ’ का कारण बनेको पोख’रेलले ठोकुवा गर्नुभयो । चिनी दिनमा पाँच ग्रामभन्दा बढी खाए बारुदको रुप लिने वैज्ञानिकले नै भन्न थालेकाले यसतर्फ सचेत हुनुपर्ने भएको छ । एक मिनेट उमालेको चाउ’चाउले मानिसको आयुको एक महिना लुट्न सक्ने भएकाले सचेत हुन उहाँको सुझाव थियो । चाउचाउको विकल्पमा परम्प’रागत नुडल्स प्रयोग गर्न सकिने उहाँको भनाइ थियो । यस्ता नुडल्स चोक’टबाट बन्ने हुनाले स्वास्थ्य राम्रो हुन्छ ।

स्मार्ट मोबा’इलबाट टिकटक बनाएर पोष्ट गर्नेले स्वास्थ्य ठीकठाक राख्नका लागि उपयोग नगर्ने भएकाले पनि जीवनमा स’मस्या आउने गरेको छ । टेबुलमा बसेर काम गर्नेका लागि दैनिक तीन ग्राम नुन भए पुग्छ । श्रम गर्नेका लागि दैनिक पाँच ग्रा’मसम्म नुन चाहिने भए पनि बढी प्रयोग गरेर स्वास्थ्यमा खराबी आएकामा उपयो’गकर्ता नै सजग हुन सकेका छैनन् ।

एक पाउ आटामा जति पो’षक तत्व पाइन्छ, डेढ किलो मैदामा पनि त्यो तत्व नपाइनेमा पनि सजग हुनुपर्ने छ । “खैरो चाम’लमा मुटुलाई रक्षा गर्ने तत्व छ, भिटामिन बी १२ पाइन्छ, खैरो खुर्केर पशुको दानामा मि’साएर हामी सेतो चामल प्रयोग गरिर’हेका छौँ, यसो गर्नु गलत हो”, उहाँको भनाइ थियो ।

हाल मानि’सको मन चलेको छ, शरीर चल्दैन भन्दै पोखरेलले मन नचलेर शरीर चले स्वस्थ भइने सूत्र सु’नाउनुभयो । पहिले नहिँडी काम चल्दैन थियो, बिहानी हिँडाइ थिएन । नब्बे वर्ष पुग्दा स्वस्थ जीवन हुन्थ्यो गाउँमा, कुटो र को’दाली, उकाली र ओराली नै लामो जीवनयापन गर्ने मुख्य सूत्र भएको उहाँले सुनाउनुभयो । अहिलेका मानिस २० मिनेटको बाटोका लागि ४० मिनेट ट्या’म्पो कुरेर बस्छन् ।

शरीरको व्याया’मका लागि योगासान, श्वासप्र’श्वासका लागि प्राणायाम र मनको व्याया’मका लागि ध्यान गरे स्वस्थ एवं दीर्घ जीवनयापन गर्न सकिने भएकाले नियमिततामा ध्यान दिनुपर्ने पोखरेलको भनाइ थियो । योगासन, प्राणायाम र ध्यानको संस्कार नेपा’लीले बिर्सेको सयाँै वर्ष भइसकेको छ ।

रोग प्रतिरो’धक क्षमता बढाउन अङ्कु’रित गरिएका खाद्यपदार्थ खाने, दही, मोही, खाने भए बिहान खाने बेलुकी नखाने, पानी परेका दिन दही, मोही नखाने, बिहान, बेलुका मन तातो पानीले नुहाउने, बाहिर गई आए’पछि कपडा बदल्ने जस्ता जीवनशैली अपनाउनुपर्ने प्राकृतिक चिकित्सक पोखरेलको सुझाव छ । कोरोना तीव्र गतिमा ब’ढाउन चुरोट र रक्सी बढी माध्यम बनेकाले सङ्क’ल्प गरेर छाड्न पनि उहाँले सुझाव दिनुभयो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्