कोरियामा एक नेपालीले भेटे १३ लाख, प्रहरीलाई बु’झाएर इमानदारिता देखाए

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटि’एको पैसा झण्डै १३ लाख वन कोरियाली प्रह’रीलाई बुझाएर आफ्नो इमान्दा’री प्रदर्शन गरेका छन् । हाल दक्षिण को’रियाको इन्छन् शहरमा बसोबास गरिरहेका रामे’छाप जिल्ला लिखु गाउँपा’लिका–७ का प्रदीप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । इन्छनस्थित औद्योगिक क्षेत्र नाम्दोङमा आइ’तबार बाटोमा हिँड्ने क्रममा खा’ममा उक्त रकम भेटिएको हो ।

रकम’मध्ये रु १० लाख एक हजार कोरियन वन र बाँकी फि’लिपिन्स, हङकङ र ताइवानका नोटहरू थिए । उनले इन्छन्स्थित एक प्रहरी कार्याल’यमा उक्त रकम बुझाएर आफ्नो इमान्दा’री देखाएका हुन् ।

सन् २००९ मा पहिलो’पटक दक्षिण कोरियामा इ–९ भिसा लिई काम’दारका रूपमा प्रवेश गरेका श्रेष्ठ हाल भिसा परिवर्तन गरी एफ–२ रेसिडेन्सी भिसाअन्तर्गत कोरिया’मा बसोबास गरिरहेका छन् । उनी इन्छन् होगुफोस्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयंसेवक भई दो’भाषेका रूपमा काम गर्छन् ।

रकम भेट्टाएर प्र:हरीलाई बुझाउन पाउँदा आफूलाई खुशी लागेको प्रति’क्रिया उहाँले दिनुभयो । अझ जसको पैसा हो, उसैले पाइदिए झन् खुशी लाग्ने उहाँले बताउनुभयो । कोरि’यामा बाटोमा पैसालगायत अन्य बहुमूल्य सामान भेटेमा त्यत्तिकै छाड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरी’लाई नुबुझाई आफैँले लगेमा चोरी गरेबराबर सजाय हुनसक्ने व्यवस्था छ । न्यूज24बाट

प्रतिकृया दिनुहोस्