शौचालयमा लडेर कांग्रेसका नेता खड्काको मृ’त्यु

नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको आज यहाँ निध’न भएको छ । पछि’ल्लो समय मध्यपुरथिमिमा बस्दै आउ’नुभएका तत्का’लीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घा’इते भएपछि गठ्ठाघर’स्थित नागरिक अस्पतालमा उपचारका क्र’ममा नि’धन भएको हो ।

रामेछापको बे’थानमा जन्मिनुभएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्था’पक सदस्य हुनुहुन्थ्यो । पञ्चायतविरु’द्ध कांग्रेसले सञ्चालन गरेको आन्दो’लनमा उहाँ लामो समय सक्रिय हुनुहुन्थ्यो । पञ्चायतले पार्टी प्रतिबन्ध लगाएको बेला २०३८ सालमा खड्काले रामेछाप कांग्रेसमा जिल्ला स’भापति भएर संगठन गर्नुभएको थियो । विसं २०४९ मा तत्कालीन जिल्ला विकास समितिका सभा’पतिमा निर्वाचित उहाँले पाँच वर्ष काम गर्नुभ’एको थियो ।

खड्कालाई कांग्रेस सभापति शेर’बहादुर देउवाले तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यमा मनो’नयन गर्नुभएको थियो । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनो’नयन गर्ने कोटाबाट खड्कालाई संविधानसभा सदस्य बना’इएको थियो ।

खड्काले भद्र अवज्ञा, सत्याग्र’हका साथै नेपालमा लोकतन्त्र स्थापनाका लागि भएका हरेक संघर्षमा अग्र’पंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले बताउनुभयो । संविधान लेखनमा उहाँको उल्ले’खनीय योगदान रहेको जनाइएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्