अब कोरोनाबाट मृ’त्यु भएका शवहरूको लागि सरकारले चाल्यो यस्तो क’दम

कोरोनाबाट मृ’त्यु भएका नागरिकको दाह संस्कार सरकारले गर्ने भएको छ । आइतबार बसेको कोभिड संक’ट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले कोरोना सङ्क्र’मणबाट मृ’त्यु भएका नागरिकका दाह संस्कार सरकारी खर्चमा गर्ने नि’र्णय गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जान’कारी दिए ।

श’व दाह गृह व्यव’स्थित रूपमा सञ्चालन गर्ने र देखिएका स’मस्या निकारण गर्न विदेशबाट प्रा’विधिक झि’काउन पर्ने भए त्यसको सहजीकरण संस्कृ’ति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने निर्णय गरेको उनको भनाइ छ । परम्परा’गत विधि’बाट पनि दाह संस्कार गरिने र त्यसलाई व्य’वस्थित गर्न परिपत्र गरिसकिएको पाण्डे बताउँछन् ।

आइतबार बसेको कोभिड संकट व्य’वस्थापन केन्द्रको बैठकले चीनले उ’पलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल नेपाल ल्याउन परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रा’लयले कार्य प्रारम्भ गर्ने निर्णय गरेको पा’ण्डेल बताए । आइतबारै बसेको बैठकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडा_न व्यस्थित गर्ने निर्णय गरेको छ । त्यस्तै निषेधाज्ञा जारी भएका जिल्ला’हरूका सरकारी कार्यालयमा मानिसहरूको आवतजावत कम गर्ने, सचिव, सहसचिव र का’र्यालय प्रमुखहरू परिचयपत्रका आधारमा ओहोर’दोहोर गर्न सक्ने निर्णय गरेको पाण्डेको भनाइ छ ।

सात हजार नयाँ स’ङ्क्रमित थप
देशभर गरिएको परीक्षणबाट हा’लसम्मकै उच्च सात हजारभन्दा बढी कोभिड–१९ सङ्क्र’मित् फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्र’कार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले सात हजार २११ मा सङ्क्र’मण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनु’सार १६ हजार १४७ पिसिआरमा सात हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ मा सङ्क्र’मण देखिएको हो । यससँगै नेपालमा तीन लाख ३६ हजार ३० जना स’ङ्क्रमित भएका छन् । आज देखिएका सङ्क्र’मितमध्ये सबभन्दा बढी ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार ८०९ र २० देखि २९ वर्ष उमेर समूहका एक हजार ७६७ रहेका छन् । त्यस्तै ९ वर्ष उमेर समूहका बालबा’लिका १६६, १० देखि १९ वर्ष उमेर समूहका ४५७ रहेका छन् ।

सङ्क्र’मित निको भई एक हजार ६१२ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ८३ हजार ९९४ जना निको भएर घर फ’र्किएका छन् । नेपालमा निको हुने दर ८४।५ प्रतिशत रहेको छ । सङ्क्र’मणबाट आज २७ जनाको नि’धन भएको छ । नेपालमा अहिलेसम्म तीन हजार ३२५ जना सङ्क्रमणबाट निध’न भएका छन् ।

डा गौतमका अनुसार आज काठमाडौँ उपत्य’कामा तीन हजार ५९५ सङ्क्र’मित थपिएका छन् । काठमाडौँमा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ सङ्क्र’मित भएका छन् । पाँच सयभन्दा बढी सङ्क्र’मण भएका जिल्ला १२ पुगेका छन् । प्रवक्ताका अनुसार तिनमा मोरङ, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कै’लाली छन् ।

आइसियुमा ४७७ र भेन्टिले’रमा १३१
सङ्क्र’मितमध्ये ४७७ सघन उपचार कक्ष ९आइसियु० र १३१ भेन्टिलेटरमा उपचार ग’राइरहेका छन् । प्रदेश नंं १ मा ५४, प्रदेश नं २ मा २४, वाग्मती प्रदेशमा २५४, गण्डकी पाँच, लुम्बिनी ७७, कर्णाली ३३ र सूदुरपश्चिम ३० आइ’सियुमा छन् । यस्तै प्रदेश नंं १ मा १४, प्रदेश नं २ मा २, वाग्मती प्रदेशमा ७७, गण्डकी एक, लुम्बिनी २१, कर्णाली सात र सुदूरप’श्चिममा नौ भेन्टिलेटर छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्