कोरोना महा’मारीबीच यार्सागुम्बा सङ्कलन शुरु

कोरोना महा’मारीबीच यार्सा सङ्कलन गर्न लेकतिर जानेको घुइँ’चो लाग्न थालेको छ । साइपाल, तलकोट, सुर्मा, मष्टा, छबीस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपा’लिकाका बासिन्दाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा तथा जडिबुटी नै रहेको छ । यार्सा सङ्क’लनको याम शुरु भएसँगै अधिकांश स्था’नीयवासी लेकतिर जान थालेका हुन् ।

उत्तरी भेगमा खा’द्यान्न कम उत्पादन हुने र आय स्रोतका अन्य माध्यम नहुँदा यार्सा र जडीबुटी सङ्कलन नै मुख्य आय’स्रोतको आधार रहेको छ । यस क्षेत्रका बा’सिन्दा परिवारसहित यार्सा सङ्कलनका लागि घरमा ताला लगाएर वैशाखदेखि असार मसा’न्तसम्म लेकतिर जान्छन् ।

गत वर्ष जिल्ला विपद् व्यव’स्थापन समितिले यार्सागुम्बा पाइने पाटनमा सङ्क’लकको भीड हुने र कोरोनाको संक्रमण फैलिने खतरा भएपछि जोखिम न्यूनीकरणका लागि सङ्क’लनमा रोक लगाएको थियो । स्थानीय तहले पनि यार्सा सङ्कलनमा रोक लगा’एको थियो । यस वर्ष भने कुनै सूचना जारी गरिएको छैन । जिल्लामा दिन प्रतिदिन सङ्क्र’मित बढ्दै गए पनि कुनै नि’कायको ध्यान गएको छैन ।

यार्सा सङ्कलन गरिने पाटनमा हिउँ पग्लिन थालेपछि सङ्कलक वन क्षेत्रमा जाने क्रम बढेको बुङ्गल –२ का आनन्द धामीले बताए । उनले भने, “केही वर्षयता यार्सा खासै पाइँदैन । गत वर्ष कोरोना महामा’रीका कारण भएको बन्दाबन्दीले सङ्क’लनको काम प्रभावित भयो । यार्सा सङ्कलन गर्न नपाउँदा रोजीरोटी खोसियो । यस वर्ष यार्साको उत्पा’दन राम्रो हुने देखिएपछि लेकतिर जानेको घुइँचो लाग्न थालेको छ ।”

बुङ्गलका धौला’ढुङ्गा, चुफी, कालीगाड, छरछरे, जलजला, निलखट्टी, ठाडे सुर्मा तथा साइपाल गाउँपालि’काका जलजला, डाँफेचुली, तपोवन, डाँडा, निलखट्टी, ठाडे, जर्सी, गोलढुङ्गा, माझा, फरालखेत, कालापानी, राइढुङ्गी, स्याङ्वनल’गायत वन क्षेत्रमा सङ्कलक पुगिसकेका छन् ।

साइपाल –४ का वसन्त बोह’राले भने, “रोजगारी केही छैन । आयआर्जन गर्ने माध्यम नै यार्सागुम्बा र जडिबुटी हो । गत वर्ष लकडा’उनका कारण वन क्षेत्र बन्द हुँदा सङ्कलन गर्न सकिएन । घर खर्च चलाउन धौधौ भयो । यार्साबाट मात्रै एक परिवा’रले तीन महिनाका अवधिमा रु तीन ला’खदेखि सात लाख जति आम्दानी गर्छ । यार्सा तथा जडिबुटी सङ्कलन नगरे भोक’मरीको चपेटामा परिन्छ ।”

वैशाखदेखि असा’रसम्म यार्सा सङ्कलनका लागि र भदौदेखि मङ्सिरसम्म यहाँ’का जंगलमा अन्य जडिबुटी खोज्न मानिस लेकतिर जान्छन् । केही वर्षयता यार्सा तथा अन्य जडीबुटी सङ्क’लन गर्न लेकतिर जानेहरू बढ्दै गएका छन् । यस सम’यमा बझाङ र अन्य जिल्लाबाट आएका मानिसले विभिन्न पाटनमा करीब १५ हजार पाल हाल्छन् ।

हरेक वर्ष ब’झाङमा यार्सा सङ्क’लनका लागि मात्रै ४८ हजारभन्दा बढी मानिस लेकतिर जाने गर्छन् । ग्रामीण भेगमा कोरोनाको उच्च जोखिम भएकै बेला हजारौँ मानिस ले’कतिर जाँदा झन् जोखिम हुने देखिन्छ । जङ्गलमा सबै एकै ठाउँ नहुने र सङ्कलन गर्दा अलग अलग जानु पर्ने भएका कारण कोरो’नाको जोखिम भने कम हुने सङ्क’लक बताउँछन् ।

कोरोनाको सङ्क्रम’णबाट बच्न गत वर्ष पाटन बन्द गरिए पनि सङ्कलकले लुकिछिपी यार्सा सङ्कलन गरेका थिए । गत वर्ष जिल्ला विपद् व्यवस्था’पन समितिले वन बन्द गर्न भनेकाले सङ्कलनमा रोक लगाइए पनि यस वर्ष सङ्कलन रोक्ने नरो’क्नेबारे कुनै जानकारी नआएको डिभिजन वन कार्या’लय बझाङका कार्यालय प्रमुख कर्णबहादुर खातीले बताए ।

उनले भने, “हाम्रो जिल्लामा अहिले यार्सा सङ्कलन गर्ने सिजन नै हो । वि’भागबाट कुनै पत्राचार भएको छैन । सरकारले पनि यसबारेमा कुनै निर्णय गरेको छैन । विभागको निर्देशनअनुसार सङ्कलन का’र्यमा रोक लगाइने छ ।” रातोपाटीबाट

प्रतिकृया दिनुहोस्