कोरोनाबाट बच्न प्रयोग गर्नुहोस् यस्ता जडीबुटी र आयुर्वेदिक औषधि

कोरोना ९कोभिड–१९० सङ्क्र’मणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उ’पायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औष’धिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयु’र्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकि’त्सालय निर्देशक डा। प्रदीप केसी जोड दिन्छन् ।

तर हाल होम आइ’सोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औष’धिको सेवन गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । यो औषधि सेवनले उनीहरूलाई गम्भीर अ’वस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ । चिकित्सा’लयले कोरोना भाइरसको सङ्क्रमण वा रोगबाट स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता वृ’द्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पा’दन गरेर वितरण गरिरहेको जानकारी दिए ।

उनका अनुसार विभिन्न जडी’बुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरा’मीलाई दिने गरेको छ । मौसमी रुघा’खोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरा’मीलाई निःशुल्क वितरण गर्दै आएको जानकारी दिए। “कोरोना सङ्क्र’मितमा देखिने लक्षण र समस्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदा’जनक छ ।

नरदे’वीले हाल प्रयोग भएका’बाहेक ग्यास्ट्रिक, जन्डिस, कलेजो, पाचन प्रणालीमा खराबी, जोर्नी दुख्ने, शरीर सुन्निने समस्या तथा मालिस गर्ने तेललगायत विभिन्न २६ प्रकारका औषधि उत्पा’दन गर्दै आएको छ । यस मिश्रणमा असुरो, तालिसपत्र, पर्यटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकुमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडी’बुटीहरू अधिक मात्रामा छन् ।

यस मिश्रणमा भाइर’सजन्य रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, अरुचि, गन्धनाश हुने आदि लक्षण’लाई निर्मूल पार्न चाहिने सक्रिय तत्वहरू रहेको कुरा वैज्ञानिक अनुसन्धानमा नै देखिएको डा। केसी’को भनाइ छ । कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकि’त्सालय नरदेवीले सार्वजनिक रूपमा समेत आ’ह्वान गरेको छ । गोरखापत्रमा खबर छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्