यी हुन्: ५ सय भन्दा बढी कोरोना संक्र’मित रहेका नेपालका ११ जिल्लाहरु…

स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयले नेपालमा हाल’सम्म ११ जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको जानकारी दिएको छ । आइतबारको निय’मित लाइभ अपडेटमा मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु पर्सा,महोत्तरी,रौतहट,काठमाडौं,मोरङ,बारा,सर्लाही,धनुषा,ललितपुर,चितवन,रुपन्देही हुन्।

यसैबीच, नेपालको ७७ जिल्लामध्ये हाल २ जिल्ला’मा कोरोना संक्रमणमुक्त भएका छन् । मुस्ताङ र हुम्लामा भएका सबै कोरोना संक्रमितहरु निको भइसकेको मन्त्रालयले जानकारी दिएको छ । आइत’बार काठमाडौं उपत्यकामा थपिएका ४२९ जना संक्र’मित थपिएका छन् । यो अहिलेसम्मकै सर्वाधिक हो ।

योसहित नेपालमा आज १ हजार २२१ जना’मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्र’मितको कुल संख्या ३८ हजार ५६१ पुगेको छ ।

नेपालमा अ’हिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण २२१ जनाको मृ त्यु भएको छ । पछिल्लो २४ घण्टा’मा थप २६७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चा’र्ज भएका छन् । योसँगै संक्रम’णमुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

प्रतिकृया दिनुहोस्