पूर्वसांसद विदुर पौडेलको नि’धन, मृत्यु नहुँदै लागिएको थियो पशुपति आ’र्यघाटमा

राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्व’विद्यालयका पूर्वउप’कुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान नि’धन भएको छ । यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उहाँलाई मष्ति’ष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उप’चार कक्षमा भर्ना गरिएको भतिज रो’हित पौडेलले जानकारी दिनुभयो । शु’क्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उहाँलाई पशुपति आर्यघाटमा ल’गिएको थियो ।

नेपाली कांग्रेसको पूर्वके’न्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयो’जनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमे’श्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवा’समा बस्दै आउनुभएको थियो । अवि’वाहित पौडेल छ दाजु’भाइमध्ये जेठा हुनुहुन्थ्यो । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारि’वारिक स्रोतले जनाएको छ ।

सदा’चारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्या’पन गर्नुभएको थियो । प्राध्यापनपछि उहाँ राष्ट्रियसभाका सदस्य बन्नु’भएको हो । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उहाँले विरोध ग’र्नुभएको थियो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्