“भगवानले दिएको एउटा छोराले हेला गर्‍यो, अब बाँचुन्जेल आश्रममै बस्छु”

सबैला नगरपालिकाकी पानोदेवी गुप्ता जनकपुरधामको वृद्धा’श्रममा बस्छिन्। ७५-८० वर्षकी देखिने उनलाई आफ्नो उमे’रबारे खास जानकारी छैन। बोल्न समेत अप्ठ्या’रो मान्छिन्। बोल्न नआउने होइन, आफूलाई सम्हाल्न चाह’न्छिन्। पानोदेवीलाई डर छ, कहीँ आफ्ना छोराका बारेमा धेरै भनुँला कि! छो’राको नाम समेत भन्न चाहन्नन्। कहीँ छोरालाई कसैले गाली गरिदिने हुन् कि!

बिहे हुँदा म ए’कदमै सानी थिएँ,’ पानोदेवीले सानै स्वरमा भनिन्, ‘त्यसको धेरै दिनपछि मेरो पेटमा ऊ (छोरा) भयो। सासू’आमाहरूले बडो भाकल गर्नुभ’एको थियो रे। त्यसपछि ऊ मेरो कोखमा आएको थियो।’यति भनेपछि उनी चुप लागिन्। त्यहाँ भएका अरू आमा तथा जानकी वृद्धाश्र’मका सञ्चालक समेत शान्त बसे। हामीले पनि केही सोधेनौं ।निकैबेरपछि आफैं अलि’अलि खुलिन्। उनका अनुसार भाकल गरेर जन्मि’एकाले उनका छोरा सबैका प्यारा थिए।

म मात्रै होइन, घरका सबैले उ’सलाई धेरै माया गर्थे। राति पनि उसलाई पाउरोटी, चकलेट खान मन भए त्यति बेलै जसरी पनि ल्याउने प्रयास गरिन्थ्यो,’ छोराको बाल्य’कालबारे हाँस्दै पानोदेवीले भनिन्, ‘भगवानबाट मागेर ल्याएको ऊ हाम्रो एउटै सन्तान थियो।’छोराको बाल्य’काल सम्झिँदै पानोदेवीका च’म्किरहेका आँखामा आँसु र सुकेका ओठमा मुस्कान एकैपटक देखियो।

पानो’देवी र उनका पतिले छोरालाई भविष्यमा ठूलो मान्छे बनाउने सपना देखेका थिए। सके’जतिको शिक्षा दिलाए। हुर्के-पढेपछि छोरा सफल व्यापारी भए। उनको ठाउँमा नाम कमाए।’ऊ पहिले’देखि काममा चनाखो थियो। त्यसैले आज आफ्नै बलबुताले प्रतिष्ठित व्या’पारीमध्ये एक भयो हाम्रो छोरा,’ पानोदेवीका यी भनाइमा गर्व सुनियो।

पा’नोदेवी र उनका श्रीमानले छोराको बिहे गरेर बाँकी जीन्दगी सुखमय बिताउने सोचेका थिए। तर श्रीमानको चाँडै मृ’त्यु भयो। एक्लै जसोतसो छोराका लागि आमा र बुवाको भूमिका निर्वाह गरिन् उनले। बुढेसकालमा छोरा सहारा भइहा’ल्छ भनेर मन बुझाएकी थिइन्। उनलाई रत्तिभर कल्पना थिएन, तिनै छोराले आफू’लाई हेला गर्नेछन्।

राम्रै व्यापारी भइ’सकेका उनका छोरालाई खान-बस्न चिन्ता थिएन। तर पानोदेवी त्यो घरमा अटा’इनन्। अहिले उनको घर वृद्धाश्रम भएको छ। पानोदेवी पनि छोराको घरभन्दा आफूजस्तै आमा बस्ने वृ’द्धाश्रम नै मनपर्ने बताउँछिन्। छोराले आफूलाई गरेको व्य’वहारबारे उनी धेरै बताउन चाहन्नन्। उनी घर फर्केर जान पनि चाहँ’दिनन्।

पानोदेवीका अ’नुसार केही वर्षपहिले उनका नातिको बिहे थियो। उनलाई निम्तो थिएन। तर गाउँघरका व्यक्तिले उनका छोरा’लाई आमालाई घर नल्याए भो’जभतेरमै आउँदैनौं भनिदिएछन्।’नातिको बिहेमा छोराले समाजको दबाबमा मलाई घर लिएर गए’को हो,’ पानोदेवीले भनिन्, ‘पछि फेरि घरमा छोराबुहा’रीले पहिलाजस्तै हेप्ने, अपशब्द बोल्ने जस्ता व्यवहार गर्न थाले।

भगवानले दि’एको एउटा छोराले नै हेला गरेपछि म आफैं यहाँ आएकी हुँ। बाँचुन्जेल यहीँ बस्छु।’पानोसँगै बसेर कुरा सुनिर’हेकी अर्की आमा थिइन् महोत्तरी, भंगहा नगरपा’लिका, बिर्ता पलासकी ८० वर्षिया देवसुन्दरी देवी। उनको कथा पानोदे’वीको भन्दा फरक छ।

देवसुन्दरीको बिहेपछि सन्ता’न भएनछ। युवा जीवन जसोतसो काटेकी उनलाई ६० वर्षसम्म खास केही समस्या भएन। अरूका घरमा बच्चा खेल्दा देवसुन्द’रीलाई दुःख लाग्थ्यो। तर श्रीमानले सम्झाइबुझाइ गर्थे। श्रीमानश्रीमतीको प्रेमले नै घर भरिएको थियो।’उहाँ बाँचुन्जे’ल मलाई कहिल्यै म एक्लो छु, छोराछोरी छैनन् भन्ने चिन्ता भएन,’ देवसुन्दरीले भनिन्, ‘गाउँका मान्छे हामीलाई बाँझो र निसन्तान भन्थे। तर उहाँ हुँदा मलाई कहिल्यै समस्या’मा पर्न दिनुभएन।’

श्रीमानको मृ’त्युपछि भने उनी एक्ली भइन्। केही दिन त सबैले सहानुभूति देखाए। जसै समय बित्दै गयो, देवरले नै आफ्नो जग्गा र सम्पत्ति लिन विभिन्न जालझेल गरेको उनी बता’उँछिन्।’श्रीमान बितिहाले। भाइजस्ता देवर त छन्, उनैले मेरो हेरचाह गरिदिन्छन्, मेरो जीवन पनि कट्छ, उनीहरूले सम्पत्ति पनि पा’इहाल्छन् भन्ने सोचेकी थिएँ,’ देवसुन्दरीले भनिन्, ‘तर भर गरेका आफ्नाले नै छल ग’रेपछि कसको के लाग्छ र।’

देवसु’न्दरीले आफ्नो सबै सम्पत्ति गुमाइन्। घरबाट पनि निस्किन बाध्य भएपछि उनी वृद्धा’श्रममा आश्रय लिन पुगेकी रहिछन्। सबै मिलेर मेरो सम्पत्ति हडपे। तर मलाई त्यो लिन र फेरि त्यो ठाउँमा बस्ने इच्छा छैन अब,’ उनी भन्छिन्। पानोदेवी र देवसुन्दरी जस्ता थुप्रै आमा यहाँ छन्। उनीहरूको मनमा आफ्नै कथा-बेथा हुँड’लिएको छ।

जानकी वृद्धाश्र’मकी सञ्चालक सीता अधिकारीका अनुसार अधिकांश आमाको यहाँ आउँदा शारीरिक र स्वास्थ्य अव’स्था एकदमै कमजोर हुन्छ। त्यसैले उनीहरूलाई अस्प’तालमा भर्ना गरी सुधार आएपछि मात्रै आश्रम ल्याइन्छ।

‘उहाँहरू कसैले यहाँ ल्याएर छो’डिदिँदा वा कोही आफैं आउँदा पनि तत्कालै वृद्धाश्रममा राख्नुपर्ने अवस्था हुँदैन,’ अधिकारीले भनिन्, ‘हा’मीसँग हुनुभएका १८ आमामध्ये करिब १५ जनालाई अस्प’ताल भर्नै गर्नुपरेको थियो।’

वृद्धाश्र’ममा अहिले १८ जना आमा छन्। तीमध्ये अधिकांशका आफ्नै सन्तान, नातिनातिना छन् भने कतिपय निःसन्तान। कोही आमा आफैं आश्रम आउनुहुन्छ, कसैलाई स्थानीय प्रशा’सनको समन्वयमा उद्धार गरेर ल्याइन्छ,’ अधिकारीले भनिन्, ‘केही आमा भने सन्तान नभएकाले यहाँ आउनुभएको छ।’

अधि’कारीका अनुसार आश्रममा आमाहरूलाई छुट्टाछुट्टै ओछ्यान व्यवस्था छ। बिहान ५ देखि ६ बजेसम्ममा उनीहरू उठिहाल्छन्। नुहाइ-धुवाइ गर्छन् र केही समय पूजापा’ठमा बित्छ। त्यसपछि बिहान सात बजे चिया दिइन्छ। दस बजे दाल, भात, तरकारी र दिउँसो दुई बजे फेरि चिया दिइन्छ। बेलुका दूध, रोटी, तरका’री खान्छन्। सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्