टुँडालदेवीको जात्रामा भाट भटेनी माता र बाबाको यात्रा, टुँडालदेवी माताको आगन सम्म (भिडियो सहित)

टुँडाल देवीको प्रसिद्ध मन्दिर काठ’माडौंको हाँडीगाउँनजिकै बालुवाटारमा छ । यी देवीलाई वैष्ण’वी देवी पनि भनिन्छ । यिनलाई किन टुँडाल देवी भनि’यो भन्ने कुरा स्पष्ट छैन । सम्भवतः प्रारम्भ’मा यस मन्दिरमा पूजाआ’जाका लागि देवीको मूर्ति टुँडालमा राखि’एको थियो । त्यही भएर देवीको नाम टुँडाल देवी पर्न गएको हुन सक्तछ । उक्त मन्दिर लिच्छविकालतिरै स्था’पना भएको मानिन्छ ।

टुँडाल देवीको मन्दिर वि’भिन्न प्रकारका कलाकौशलले भव्य र कलात्मक छ । चैत शुक्ल पूर्णि’माका दिन यिनको जात्रा पनि हुने गर्दछ । जात्राका अव’सरमा टुँडाल देवीको मूर्ति खटमा राखेर हाँ’डीगाउँ क्षेत्रमा घुमाइन्छ । उक्त जात्रालाई गहना खोज्ने जात्रा पनि भनिन्छ । किंवदन्ती अनुसार, टुँडाल देवी, नक्साल भग’वती र भाटभटेनी नातेदार थिए । एक दिन यी तीनै जना घुम्नलाई बाहिर निस्कँदा टुँडाल देवीका गरगहना एउटा पो’खरीमा खसेर हराएछन् ।

पछि चैत शुक्ल पूर्णि’माका दिन उनका गहना एउटा पोखरीमा भेटिए । त्यही खुसीयालीमा उनको रथयात्रा गर्न लागिएको हो । रथयात्राका अवसरमा गहना’पोखरीमा पुगेर त्यही पो’खरीमा गहना खोज्ने चलन आजसम्म पनि छ । उक्त पोखरीमा गहना खोज्ने उत्सव गरिने हुँदा उक्त पोखरीलाई नै गहना’पोखरी भन्ने गरिएको हो । वि.सं. १८३० सालमा पृथ्वीना’रायण शाहले १२९ रोपनी जग्गा यस’का लागि गुठी राखिदिएको लिखत पाइन्छ । त्यसपछि मात्र यि’नको प्रचार–प्रसार ज्यादा मात्रामा भएको हो । इताजा खबरबाट

भिडियो सहित:

प्रतिकृया दिनुहोस्