रोजगारीको लागि वा अन्य किसिमले दक्षिण कोरि’यामा बसोबास गरिरहेका नेपालीका लागि भन्दै दुई नेपाली युवाले Stories Tellers कार्यक्रम सञ्चालनमा ल्याएका छन् । विराटनगरका राल्फ गिरी र सिन्धुपाल्चोकका अरुण श्रेष्ठ ‘ईपीएस छिङ्गु’ले दक्षिण कोरियामा रहेका नेपालीहरुलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरेका हुन् । उनीहरू दुवै दक्षिण कोरि’यामा रोजगाररत छन् ।
कोरियामा गरेको दुःख, संघर्ष र सफल’तालाई भिडियो मार्फत व्यक्त गर्ने प्ल्याटफोर्मको रुपमा संचालन गरिरहेको कार्यक्रम Stories Korea नामको युटुब च्यान’लमा सार्वजनिक गर्ने गरिएको राल्फ गिरी बताउँछन् ।
हरेक हप्ता उक्त युटुब च्यानलमा एउटा भिडि’यो अपलोड गरिने गरिएको छ । अहिले सम्म ६ जनाले आफ्नो कथा सुनाई सकेका छन् । र त्यसको प्रतिक्रिया पनि राम्रो आइर:हेको गिरी बताउँछन् ।
Stories Tellers के को लागि ?
यो कार्यक्रम कोरियामा कार्यरत नेपालीहरुको दुःख संघर्षलाई व्यक्त गरी अन्य नेपाली हरुले भोगिरहेको दुःख कष्ट’लाई हल्का गर्नका लागि ल्याईएको ईपीएस छिङ्गुको भनाई छ ।
उनी भन्छन्: आफूलाई मात्र दुःख पीडा परेको भन्ने मनोविज्ञानलाई चिर्नको लागि यो कार्यक्रमले सघाउँछ र डिप्रेसनमा परेकाहरूलाई पनि यसले बाहिर ल्याउन सहज पुर्याउँछ। हौ’शला र उत्प्रेरणा बढाउँछ भन्ने हेतुले यो कार्यक्रम गरिए’को हो । यसले सबैको दुःख बराबरी रहेछ र परदेशमा रहेका नेपालीहरुको दुःख साझा हो भन्ने धारणा को विकास गराउँछ । ”
कसले सुनाउन सक्छ त आफ्नो भोगाइको कथा ?
स्टोरी टेलरमा जो सुकैले पनी आफ्नो कथा सुना’उन सक्ने राल्फ गिरी बताउँछन् । मेरो कथाले अरूलाई सकारात्मक संदेश दिन्छ भन्ने लाग्ने जतिले आफ्नो भोगा’ई सुनाउन सक्नेछन् । जसले अरूलाई पनि उत्प्रेरणा मिलोस् ।
कार्यक्रम उत्पादन सहयोगीको खोजी
Sotoris Tellers कार्यक्रम स्पोन्सर अहिले सम्म नभएकाले ईच्छुक हुनेले कार्यक्रम उत्पादन सहयोग गर्न हुन
कार्यक्रम टिमले अनुरोध गरेको छ । अहिले सम्म व्यक्तिगत खर्च बाटनै कार्यक्रम चलिरहेकोले स्पोन्सर गर्न चाहनेका लागि आह्वान गरिएको छ ।
कार्यक्रमम निर्माणमा एन आर एन कोरियाले उक्त कार्यक्रमलाई चाहिने हलको व्यवस्थापन गरेको छ । त्यस्तै संदेश लिम्बू , विकास राई ‘अज्ञात , विक्रम योञ्जन, आशिष कार्की लगायतको प्राविधिक सहयोग रहेको छ । र यो कार्यक्रम एक सय एपिसोड सम्म पुर्याउने योजना रहेको राल्फ गिरी बताउँछन् ।
त्यस्तै कोरियामा गरेको संघर्ष र सफलताको कथालाई सुनाउने क्रममा दक्षिण कोरियामा प्रहरी अधिकृत बनेकी सम्झना राईले पनि आफ्नो कथा सुनाएकी छिन् ।
उनी दक्षिण कोरियाको प्रहरीमा पहिलो नेपाली मूलकी कोरियन महिला भर्ती भएकी हुन । भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना कोरिया प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भर्ती भएकी हुन् ।
३० वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१० मा नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई त्यसै वर्ष भिजिट भिषामा कोरिया प्रवेश गरेकी थिइन् ।
भिजिट भिषामा प्रवेश गरेसँगै वैवाहिक बन्धनमा बाँधिएकी राईले छल्नाम्दोस्थित छुसन विश्वविद्यालयमा प्रहरी प्रशासनसम्बन्धी संकायमा भर्ना भएर अध्ययन पनि पुरा गरेकी हुन् ।
सन् २०१५ मा छुसन विश्वविद्यालयमा अध्ययन पुरा गरेकी उनले शारिरिक, स्वास्थ्य र यहाँको प्रशासनसम्बन्धी परिक्षामा एकपछि अर्को उत्तीर्ण गरेकी हुन् ।
परीक्षामा उत्तीर्ण भएसँगै आफ्नो समाचार कोरियन सञ्चारमाध्यममा आएपछि थाहा पाएकी राईले पुलिस अफिसर बन्ने सपना पुरा भएको बताइन् । नेपालमा प्रहरी बन्ने सपना भए पनि उचाईँ, उमेर र झन्झटिलो प्रक्रियाका कारण आफू बञ्चित भएको राईले बताइन् ।
राईले आफू प्रहरी अधिकृत भएपछि कोरियामा काम, अध्ययन र व्यावसायमा रहेका नेपालीलाई आइपर्ने कानूनी जटिलतामा आफु सहयोगी हुने बताइन् । भाषाका कारण नेपालीहरु धेरै स’मस्यामा परेका बताएकी राईले नेपाली दाजुभाइ दिदीबहिनीलाई कानुनी सहयोग गर्ने बताइन् ।