कमल थापाले भिडिओ सा’र्वजनिक गर्दै भने, ‘ मलाई जस्तो आपत् अरूलाई आ’इनलागोस्’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कोरोना जितिसकेका छन् । उनको स्वास्थ्य अवस्था विग्रिएर १० दिन अस्पताल बसेका थिए । कोरोना सं’क्रमित भएको बेलामा आफुले भोगेको पी डा बारे बताउँदै उनले एक भिडियो सन्देश सार्व’जनिक गरेका छन् ।

आफू १० दिनसम्म आ’ईसीयूमा बस्नुर्दा र ३ वर्षे नातिसहित परिवारका सबै सदस्य संक्रमित हुँदा ठूलो पी डा र कष्ट भोग्नुपरेको भिडिओमा भनेका छन्। कोरोनाको पहिलो चरणको महामा’रीमा उनको परिवार संक्रमित भएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि उनले आफ्नो पी डा सम्झदै अरुलाई सचेत हुन आ’ग्रह गरेका हुन् ।

विगतमा आफू’लाई परेजस्तो पी डा कुनै पनि नेपालीको परिवारलाई नपरोस् भनेर सजगताका सुझावसहित भिडि’ओमार्फत चेतावनी दिएका हुन्। ‘कोरोना महा’मारी अत्यन्तै विकराल र डरलाग्दो भइरहेको छ,’ मंगलबार बिहान सामाजिक सञ्जालमा सेयर गरेको भिडिओ सन्देशमा उनी भन्छन्, ‘केही समयअघि म आफैं पनि कोरोना संक्र’मित भएर १० दिन आईसीयूमा बस्नुपर्‍यो। मेरो परिवारको ३ वर्षे नातिदेखि लिएर सबै जना संक्रमित भयौं। त्यसबाट परि’वारले धेरै ठूलो पीडा र कष्ट भोग्नुपर्‍यो।’

सचेत गराउँदै उनी सु’झाव दिन्छन्, ‘यो अवस्था कुनै पनि नेपालीको परिवारमा आइनलागोस् भन्ने म चाहन्छु। त्यसर्थ यसबाट बच्नको निमित्त सरकारको मात्र भर नपरी हामीले आफ्नो नाग’रिक दायित्त्व पनि निर्वाह गर्नुपर्छ।’

मास्क देखा’उँदै उनले अगाडि भनेका छन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै मास्कको प्रयोग हो। घर’बाट बाहिर निस्किँदा प्रत्येकले अनिवार्य मास्क लगाऔं, भौतिक दूरी कायम राखौं, साबुनपानीले मिचीमिची हात धोऔं। यति काम हामीले गर्न सक्यौं भने आफू, आफ्नो परिवार, समाज र राष्ट्रलाई कोरोनाबाट मुक्त तुल्या:उन सक्दछौं। म यसैका निमित्त अनुरोध गर्न चाहन्छु।’ इताजा खबरबाट

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिकृया दिनुहोस्