उपत्यकामा बैशाख १६ देखि ल’कडाउन

बैशाख १६ देखि उपत्यकामा लक’डाउन (निषेधाज्ञा) गरिने भएको छ । सोम’बार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ बैशाखदेखि निषे’धाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधि’कारी कालीप्रसाद पराजुलीले बैशाख १६ गतेदेखि उपत्य’काका तीनवटै जिल्लामा लकडाउन गरिने जान’कारी दिएका छन् ।

कोरोना संक्र’मण तीव्र गतिमा बढ्न थालेपछि संक्रमण रोक्न लकडाउनमा पुगिएको उनले बताए । उनका अनुसार केही बेरमै सार्वज’निक रुपमा सोमबारको बैठकको निर्णयबारे जान’कारी गराइने छ ।

लक’डाउन उपयुक्त छ कि छैन भन्ने विषयमा सरकारले स्थानीय तहलाई नै उक्त जिम्मेवारी दिइस’केको छ । र, त्यहीँअनुसार उपत्यकाका तीन जिल्लाका प्रमुखहरुले बैशाख १६ गतेदेखि लक’डाउन गर्ने निर्णय गरेका छन् ।

के के खुल्छन् ?
बैशाख १६ देखि काठमाडौं उपत्य’कामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्व’जनिक, निजी सवारीसाधन बन्द गरिने छ।

एम्बुलेन्स, श’व वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्। तर, अत्यावश्यक कामबाहेक हिँडडुल’मा पनि कडाइ गरिने छ।

खाद्यान्त, तरकारी, दूधल’गायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खु’ला गरिने छ। होटेल तथा रेष्टुरेन्टले होम डेलिभ’रीमात्र गर्न पाउने छन् । न्यूज24 बाट

प्रतिकृया दिनुहोस्