आकाशबाट ख’सेको ठ्याक्कै ६ वर्षपछि, रमिला र सञ्जीव फेरि धरहराको टुप्पोमा (भिडिओ सहित)

रमिला श्रेष्ठ कुनै नौ’लो ठाउँमा छिन्। कहाँ छिन्, कोसँग छिन् उनलाई हेक्का छैन। त्यही बेला घट’टट, कटटट, किररर, चररर गर्दै जमिन हल्लिन थाल्छ। उनी जहाँ छिन्, त्यो ठाउँ रोटे पिङ’जस्तै मच्चिन थाल्छ। उनी भाग्ने को’शिस गर्छिन्, तर जति कोशिस गर्दा पनि भाग्न सक्दिनन्।उनलाई आफू कतै अ’ड्केको, कतै चेपिएको, कतै भासिँदै गएको अनुभव हुन्छ।

उनी चि’च्याउँदै गुहार माग्न खोज्छिन्, तर बोली फुट्दै&न। कसैले घाँटी थिचेज’स्तो भएर आउँछ। सास फेर्न गाह्रो हुन्छ। उनी निस्सासिन्छिन्। त्यही बेला रमिला असि’नपसिन हुँदै झसंग ब्युँझन्छिन्। रमिलालाई प्रायः बिहानीपख यस्तै स’पनाले ऐँठन पार्छ।

जुन बिहान म यस्तो सप’ना देखेर ब्युँझन्छु, त्यो दिन मलाई एकदमै डर लाग्छ,’ नयाँ धर’हराको बीसौं तलाको बार्द’लीमा उभिएर वरिपरि काठमाडौं हेर्दै र’मिलाले भनिन्, ‘सपनामा ठूलो भूकम्प गएको हुन्छ। म भाग्न चाहन्छु, भाग्न सक्दिनँ। मद्दत माग्न चाहन्छु, मद्दत माग्न स’क्दिनँ। एक मनले यो सपना त हो नि भन्ने लाग्छ, तर मनको डर जाँदै जाँदैन। अहिले पनि मलाई भूक’म्प भनेपछि एकदमै डर लाग्छ।’

स’पनामा मात्र होइन, अप्रत्यासित मौसम परिवर्तन हुँदा बिपनामै यस्तै ऐँठन पर्छ रमिलालाई। झ्याप्प’झ्याप्प बत्ती जाँदा होस् वा अस्तिजस्तो वेगसँग हावा’हुन्डरी चल्दा, आकाशमा झिलि’कझिलिक बिजुली चम्किँदा होस् वा मुस’लधारे पानी दर्किँदा, रमिलाको आँखाअ’गाडि २०७२ वैशाख १२ को त्रासदीपूर्ण क्षण नाच्न थाल्छ। त्यस्तो बेला कतै एक्लै छिन् भने उनी कहा’लिन्छिन्, भन्छिन्, ‘फेरि भूकम्प आउने हो कि भनेर मलाई भित्रैदेखि डर लागेर आउँछ।’

‘कुनै घ’टनाले मान्छेको मनमा त्रास गडेको छ भने त्यो त्रास जति वर्ष बिते पनि मनबाट हराउँदैन रैछ है,’ बार्दलीको सिसा समातेर एकटक सहर नियाल्दै रमि’लाले भनिन्।‘म त्यो दिन सम्झिरहन्छु। आकाशबाटै खसेजस्तो भएको थियो। धरहराको बाटो हिँ’ड्दा पनि घरिघरि त्यही क्षण याद आउँछ। कसरी बाँचे हुँला भन्ने कुरा मनमा खेलिरहन्छ। तर, जति सोचे पनि जवाफ नै पाउँदिनँ,’ उनले अगाडि भनिन्, ‘पुरानो कुरा त बिर्सि’जानू नि, झन् त्यत्रो डरलाग्दो घटना किन सम्झिरहनू, तर जति कोशिस गर्दा पनि बिर्सनै स’किन्न रहेछ। किन होला है?’

हुन पनि हो– मान्छे जुन घट’ना बिर्सन चाहन्छ, जुन घटनालाई अतीतमै पोको पारेर अगाडि बढ्न चाहन्छ, त्यही घटनाले घरिघरि अतीतको पर्खालबाट फुत्त हाम्फा’लेर सपनाको बाटो हुँदै वर्तमान बिथोल्न आइपुग्छ।
किन आइपुग्छ हँ? यसको जवाफ रमिलासँग छैन, न त्यस दिन उनीसँगै धरहरा चढ्ने स’ञ्जीव श्रेष्ठलाई थाहा छ। सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्