अक्षयकुमारले कोरोना पी’डितका लागि, दिए एक करोड

बलिउड अभिनेता अक्षयकुमारले कोरोना पी’डितका लागि एक करोड दिएका छन् । उनले कोरोना पी’डितका लागि एक करोड दिने बचन दिएको क्रिकेटर तथा पूर्वी दिल्लीका सांसद गौतम गम्भी’रले बताए । उनले खाना, औषधी र अक्सि’जनका लागि उक्त रकम दिने भएका हुन् ।

गौतमले ट्वी’टमार्फत अक्षयकुमारको सहयोगको बारेमा जान’कारी गराएका छन् । ‘दुःखद समयमा हरेक एकको मद्द’त आशाको किरण जस्तै हो । अक्ष’यकुमारलाई पनि धन्यवाद भन्न चाहान्छु । उनले आवश्यक मानिसको खाना, औषधी र अक्सि’जनका लागि गौतम गम्भिर फाउ’न्डेशनलाई एक करोड सहयोग गर्ने बचन दिएका छन् । भगवान उनलाई आर्शिवाद दिनुहोस्’ गौतमले ट्वी’टमा लखेका छन् ।

अक्षयले पनि गौतमको उक्त ट्वी’टलाई रिप्लाई गरेका छन् । अक्षयले ले’खेका छन्, ‘यो साँच्चिकै मुस्किलको समय हो । मलाई खुसी लागेको छ, कि म मद्दत गर्नसक्छु । आ’शा गर्छु, छिट्टै यो समय पार होस् ।’ अक्षयको यस्तो मद्दत यो पहिलो भने होइन । गत वर्ष कोभिडको दौ’रानमा अक्षयले पीएम केयर्स फन्डमा २५ करोड दान दिएका थिए भने बिहार र असमका बाढी पीडि’तका लागि समेत उनले एक एक करो’ड दान दिएका थिए । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्