गाइको सानोबाच्छीले नब्या’इकन नै दुध दिन थाल्यो, चमत्कार भन्दै हेर्न आउनेको भि’ड (भिडियो हे’र्नुहोस)

झापाको गौरादह नगरपा’लिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्या’इकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलु’कासम्म मानिसको भीड लाग्न थालेको छ ।

“चिकित्सा वि:ज्ञानलाई आश्चर्यमा पार्ने गरी आफ्नै गोठमा बाँधेर पालेको २१ महिनाको बाच्छीले दूध दिन थालेपछि अचम्म लाग्यो,” पन्तले भने ।पशु चिकित्सक’लाई जाँच गराउँदा गाईले गर्भधा’रण नगरेको पाइएको गाईधनी पन्तले बताउँदै भने, “घरमा बाँधेर पालेको बाच्छी २१ महिनाको मात्र भयो । यसलाई कहीँ लगि’एको पनि छैन ।”

“एक हप्तादे’खि बाच्छीको अचानक फाँचो ह्वात्तै बढ्यो । थुनसमेत ब्याएको गाईको जस्तो पघ्रेर आए । बाच्छी’को थुन गानिन थालेपछि हामीले दुहुन थाल्यौँ । उसले आरा’मले दूध दिन थाल्यो,” गाईधनी पन्तले भने ।अहिले दैनिक एक पटक दुहुने गरेको र दूध अलि पातलो र पहेँलो रहे’को पनि उनले बताए ।

बिगौती दूध भए’काले घरमा कसैले पनि नखाए’को दूध बाख्राका पाठालाई दिने गरिएको छ । तलको भिडियोमा हेर्नुहोला घरमै पुगेर सुपर अनलाइन टिभी टिमले प्रत्यक्ष भिडियो ल्याए’को छ । २१ महिनाको सानो बाच्छीले यसरी दियो दुध हेर्नु’होस । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्