जु’म्ल्याहा दिदीबहिनी र जुम्ल्याहा दाजुभाइको एक’साथ बिहे, सन्तान पनि एकसाथ ज’न्माए

अमेरिकामा एक जोडी जुम्ल्या’हा दिदीबहिनी हरेक काम एकसाथ गर्ने गर्छन् । ब्रिटनी र ब्रायना डीन नामका यी जुम्ल्याहा दिदी’बहिनीले एकसाथ जुम्ल्या’हा दाजुभाइसँग बिहे गरेका थिए । अब यी दिदीबहिनीले बच्चा पनि एकसाथ जन्मा’एका छन् ।

ब्रिटनी र ब्रायनाले जुम्ल्याहा दाजु’भाइ जैश र जेरेमीसँग विवाह गरेका थिए । यी चार जनाको भेट २०१७ मा एक जुम्ल्याहाहरुको कार्यक्रममा भएको थियो । यो भेटको ६ महि’नापछि जैश र जेरेमीले ब्रिटनी र ब्राय’नालाई प्रपोज गरेका थिए ।

२०१८ मा यी ४ जनाले सामू’हिक विवाह गरेका थिए । ब्रिटनी र ब्रायनाका अनु’सार उनीहरु हरेक काम साथमा गर्न चाहन्छन् । उनीहरु साथमा बस्छन्, सबै जन्मदिन साथमा मना’एका छन् । उनीहरु ड्राइभिङ लाइसेन्स लिन पनि साथमै गएका थिए र उनीहरुले कलेजबाट ग्रयाजुएसन पनि साथ’मै गरेका थिए ।

उनीहरुका अनु’सार विवाह पनि साथमा हुनु उनीहरुको लागि निकै भावनात्मक पल थियो । विवा’हपनि उनीहरुले साथमै गर्भवती हुने योजना बनाएका थिए र उनीहरुका सन्तान पनि एकसाथ जन्मिए । उनीहरुले भवि’ष्यमा पनि अरु कामहरु साथमा गर्न चाहन्छन् । उनीहरु एक परिवारको रुपमा निकै बलियो बन्ध’नमा बाँधिएका छन् ।

उनीहरुको इन्स्टा’ग्राम पनि एउटै छ जसमा उनीहरुका लाखौं फलोअर छन् । उनीहरु गर्भवती भएपछि कैयौंले उनी’हरुका सन्तान पनि जुम्ल्याहा हुन स’क्ने भनेका थिए तर त्यसो भएन । यद्यपि बच्चा’को लिंग भने एउटै भयो । दुवैले छोरा जन्मा’एका छन् । डिसीनेपालबाट

प्रतिकृया दिनुहोस्