गर्भावस्थामा योग र ध्यानको महत्व

हरेक आमा ईश्वरको प्रति’निधि बनेर आफ्ना सन्तानलाई जन्म दिन्छिन्। आमा बन्नु सा’मान्य कुरा होइन, यो पुनर्जन्म समानकोअवस्था हो। आमाले नै सन्तानमार्फत सृष्टिको निरन्तरतालाई काय’मराख्छिन्। प्रत्येक आमाबुबाको इच्छा हुन्छ कि सन्तान स्वस्थ, सुन्दर, संस्कारी, बुद्धिमान एवं प्रज्ञा’वान होस्। त्यसैले गर्भमा नै शिशुको पोषण गरी उसको शरीर र शरीरलाई चलाउने अन्तरचे’तनाको पूर्ण विकास गर्न उचित ध्यान पुर्‍याउनु गर्भवती महिलाको क’र्तव्य हुन आउँछ।

गर्भवती महि’लाको मनमा उठ्ने राम्रा, नराम्रा विचार एवं भावनाले शिशुमा प्रत्यक्ष प्रभाव पार्दछ। यो कुरालाई हृदयं’गम गर्दै गर्भावस्थामा हरेक महिलाले पौष्टिक र सात्विक भोजन गर्नुपर्दछ। साथै आफू र जन्मने सन्तान स्वस्थ्य’ होस् भनी योगलाई अपनाउनु अत्यन्त आवश्यक हुन्छ।योगभन्नाले आफ्नो शरीर, मन, भावना र चेत’नालाई जोड्न सजगतापूर्वक गरिने साधना वाअभ्यास हो।अर्को शब्दमा भन्नुपर्दा आफ्नो स्वास्थसँग आ’फ्नो होश जोड्नु हो।

आफूभित्रको मैत्री’भाव, करुणा, प्रेम र खुसीलाई जगाउनु हो। योग अन्तर्गत मुख्यत: व्यायाम, प्राणायाम र ध्यान गरी तीन कुराको साधना भन्ने बुझिन्छ। योगलाई हरेक दिन अप’नाउन सकेमा यसको साधनाबाट शरीर स्वस्थ, फूर्ति’लो र उर्जावान् हुन्छ, मन शान्त रखुसी हुन्छ भने भावना पवित्र भई गर्भवती आमाको साथसाथै गर्भमा रहेको शिशुको पनि जीवन स्वस्थ, सुन्दर र दिव्य हु’नजान्छ।

हरेक बुबाआमा चा’हनु हुन्छ कि शिशु स्वस्थ्य जन्मोस् र भविष्यमा एक हरहिसाबले योग्य नागरिक बनोस्। गर्भ रहेको अवस्थादेखि नै बच्चा जन्म’दाको क्षणसम्म गर्भवती महिलामा हरेक पल अनेकौं उतारचढाव सृजना भइरहन्छन्, जस्तै : शरीर आ’लस्य हुनु, खान मन नलाग्नु, बान्ता हुनु, बेचै’नी महशुस हुनु, शरीरमा थकान महशुस हुनु, निन्द्रा राम्ररी नपर्नु आदि समस्या झेल्दै जानु एउटा पाटो हो भनेबच्चा जन्मिने बेलाको प्रसवपीडा हरेक आमाका लागि अत्य’न्तै कष्टकर अवस्था हो।

गर्भवती महिलालेग’र्भावस्थामा हुने यी विभिन्न समस्यालाई सहज रूपले सामना गर्नका लागि योग अर्थात्व्या’याम, प्राणायाम र ध्यान गर्न जरुरी हुन्छ तर धेरै अभिभावकले यो कुरा बुझिरहेका छैनन्। अशिक्षितहरूले यो विशेष विष’यलाई सामान्य लिनु वा ठान्नु स्वाभाविक हो तर पनि उनीहरूले यसमा विशेष चासो राख्नुपर्ने हुन्छ। शि’क्षितले त यस्तो सामान्य तर परिणामत: विशेष विषयमा खोजी खोजी अध्ययन र मनन् गर्नुपर्ने हो। कतिपय शिक्षि’तमा पनि यो देखिएको छैन।

हरेक आ’मामा कस्तो सन्तानलाई जन्मदिने भन्ने ठूलो दायित्व निर्भर हुन्छ। त्यसको ब्याक&अप हो बुबा। आमा थाहा नपाउन सक्ने अवस्थामा भए बुबाले यी सबैमा लाग्नु र लगाउनु पर्दछ। योग र ध्यानको नियमित अनुशरणले आफू र हुनेवाला बच्चालाई पनि स्वस्थ राख्न सकिन्छ।गर्भावस्था’मा योग गर्दा धेरै सतर्क हुन जरुरी छ। सामान्य अवस्थामा जस्तो योगका जुनसुकै विधिहरू’उपयुक्त हुँदैनन्।कडा शारीरिक व्यायाम गर्नुहुँदैन। हल्का र आफ्नो शरीरलाई सहज हुने एवं तल्लो पेटलाई असर नगर्ने व्याया’महरू मात्र गर्नुपर्छ।

यसबेला योगका कुनै पनि कार्य गर्दा हतार गर्नु हुन्न। गर्भावस्थामा गर्न सकिने योग’का केही विधिहरूनिम्न बमोजिम छन्। सुक्ष्म व्यायाम :सुक्ष्म व्यायाम खुट्टाका औंला, गोली’गाँठा, घुँडा, कम्मर, हातका औंला, कुम र घाँटीको जो’र्नीहरूलाई बिस्तारै बिस्तारै चलाउनु पर्दछ। हल्का दायाँबायाँघुमाएर गरिने अभ्यास हो यो। यसले शरीरलाई हलुका, फुर्तिलो र आनन्दित बनाउँछ। यो व्या’याम गर्भवती महिलाले आफूलाई सहज हुनेगरी बसेर वा उठेर गर्न सकिन्छ।

प्राणायाम : गर्भव’ती महिलाका लागि नमस्कार प्राणायाम, नाडीशोधन प्राणायाम र बिज प्राणायाम एकदमै प्रभावकारीविधि हुन्। लामो र गहिरो श्वास भरेर गरिने ओमकार ध्वनीको उच्चा’रण पनि अत्यन्त लाभदायक हुन्छ। आफू’लाई अनुकूल हुने समयमा २१ देखि १०८ पटकसम्म ओमकार ध्वनीको उच्चारण गर्न सकिन्छ। यसले गर्भ’वती महिलालाई सकारात्मक पनि बनाइरहन्छ।

ध्यान : माथिका अ’भ्यास गरिसकेपछि आफूलाई सहज रउपयुक्त हुने आसनमा बसेर ध्यान गर्नुपर्छ। शरीर हलुका र स्थीर राखी आँखा बन्द गरेर घटीमा १५ मिनेट र बढीमा आफ्नो अनुकू’लता अनुसार ध्यान साधना गर्नुपर्छ।

माथि उल्लेख गरि’एका व्यायाम, प्राणायाम र ध्यानका विधिहरू योग सिकाउने गुरु वा प्रशिक्षकसँग सिकेर मात्र ग’र्नुपर्छ। जीवन विज्ञान प्रष्ठिानद्धारा युटुबमा राखिएका विभिन्न ध्यान विधिमध्ये जीवन उमंग ध्यान विधिलाई गर्भ’वती महिलाले अनुसरण गर्न सक्छन्।जीवन उमंग ध्यान विधि गर्भवती महिलाका लागि अत्यन्त लाभदायक छ। माथिका शारीरिक व्यायाम र प्राणायम गर्दा आफ्नो गर्भको अवधि’लाई अत्यन्त ख्याल गर्नुपर्दछ।

गर्भ अवस्था’को तीन महिनासम्म गर्भवती महिलाले शरीरलाई सामान्य सक्रिय राख्ने बाहेक कुनैपनि व्यायाम गर्नु हुँदैन। सुरुका तीन महिना तल्लो पेटलाई दबाब नहुने खा’लका नमस्कार प्राणायाम,नाडीशोधन र बीज प्रा’णायाम गर्न सकिन्छ। तीनमहिनादेखि छ महिनासम्मको अवधिमा तल्लो पेटलाई असर नगर्ने किसिमका केही आसनहरू जस्तै: सुक्ष्म व्यायाम र प्राणायाम गर्न सकिन्छ।छ महिना’देखि नौ महिनासम्मको अवधिसम्म चाहिँ माथि तीन महि’नासम्मका जस्तै बाहेक कुनैपनि व्यायाम गर्नु हुँदैन।

प्राणाया’म र ध्यान भने सधै गर्न सकिन्छ। यसरी सुक्ष्म व्यायाम, प्राणायाम र ध्यान गर्नाले शरीर स्वस्थ, फुर्तिलो एवं मन खुसी, शान्त र आनन्दितहुन्छ। यसका साथै गर्भ’मा रहेको शिशुमा पनि यी कुराको प्रत्यक्ष प्रभाव पर्दछ। यस बाहेक हरेक दिन केही समय छुट्याएर आफूले श्रद्धा गर्ने ईश्वरसँग प्रार्थ’ना गर्न सकिन्छ। हे ईश्वर ! म तिम्रो प्रतिनिधि बनेर आमाको भूमिका निर्वाह गर्दैछु, मलाई शक्ति दिनुहोस्, साहस दिनुहोस्, आत्मविश्वास दिनुहोस्, धैर्य दिनुहोस्, सुमति दिनुहोस् ताकी भगवान् शिवको जस्तो हृदय, भगवान् राम र श्रीकृष्ण जस्तो ज्ञानी, भगवान्बुद्धजस्तो करुणावान्, भगवान् जीसस जस्तो प्रेमल सन्तानलाई जन्मदिन सकौं। यसरी मनलाई आत्म’विश्वासले भर्न सकिन्छ, आ’शावादी बन्न सकिन्छ।

हरेक दिन आ’फ्नो समयलाई योग र ध्यानका माध्यमबाट सदुपयोग गर्दै गएमा आफूपनि थाहा नपाई स्वस्थ, खुसी, आनन्दित र दिव्य भइन्छ भने आफ्नो गर्भको सन्तान’पनि स्वस्थ, सुन्दर र प्रज्ञावान भएर जन्मिन्छ। त्यसैले गर्भावस्थामा योग (व्यायाम, प्राणायाम र ध्यान) जरुरी र लाभ’दायक छ।गर्भावस्थामा आमाको जस्तो भोजन हुन्छ विचार, भावना र व्यवहार पनि उस्तै हुन्छ। त्यस्तै स्वा’भावको बच्चा हुनेहुँदा हुनेवाला सन्तानलाई स्वस्थ, गुणवान् र तेजस्वी बनाउनका लागि माथिका कुराह’रूमा सक्दो ध्यान पुर्‍या’उनु जरुरी हुन्छ। अननपूर्णपोस्ट बाट

प्रतिकृया दिनुहोस्