नोबेल अस्पतालमा सुरु भयो, बाँझोपनको उपचार र कृत्रिम ग’र्भाधान सेवा

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बाँझोपनको उ’पचार र कृत्रिम गर्भा’धान सेवा सुरु गरेको छ । निःसन्तान दम्प’तीलाई उपचार गरी सन्तान हुने बनाउन र कृत्रिम ग’र्भाधान गरी बच्चा जन्माउन आइभीएफ सेन्टर सञ्चा’लन गरिएको हो ।

नेपालकै सबैभन्दा ठूलो आइभी’एफ तालिम केन्द्रसहितको आइभीएफ सेन्टरको वुधवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नोबेल अस्प’ताल सञ्चालक डा.सुनिल शर्माकी आमा हो’मादेवी न्यौपानेले रिवन काटेर आइभीएफ सेन्टरको उ’द्घाटन गरिन् ।

कार्यक्रममा नोबेल अस्पतालका प्रवन्ध नि’र्देशक इन्दिरा शर्माले सन्तान नजन्मिएर समस्या ब्यहोरिरहेका दम्पतीहरुलाई लक्षित गरेर आ’इभीएफ सेन्टर सञ्चालन गरिएको भन्दै सन्ता’न नहुँदा निराश भइरहेका दम्पतीहरूमा अब सन्तानको खुशी ल्याउँने काम गर्ने धा’रणा राखिन् ।

त्यस्तै, नोबेल मेडि’कल कलेजका प्रिन्सिपल डा.रामहरी घिमिरेले नोबे’लमा सञ्चालित यो सेवाबाट निःसन्तान दम्पतीहरू धेरै लाभान्वित हुँने दावी गरे । नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले निः’सन्तान दम्पतीका लागि आइभीएफ सेन्टरले ठूलो खुशी ल्याउने भन्दै नेपालकै ठूलो आइ’भीएफ तालिम केन्द्र पनि बनाइएकाले दक्ष जन’शक्ति उत्पादनमा पनि सघाउ पुग्ने बताए ।

सो अव’सरमा आइभीएफ सेन्टरका प्रमुख एवं बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.शान्ति सुवेदीले अब निःसन्तान दम्प’तीले उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको भन्दै नोबेलले निःसन्तान सम्बन्धि सबै किसिमको उ’पचार गर्ने बताइन् ।

नोबेलले ३ करोड ९५ लाखको ला’गतमा आइभीएफ सेन्टर सञ्चा’लन गरेको हो । निःसन्तान दम्पतीका लागि जुनसुकै मुलुकमा हुँने जस्तोसुकै उपचार पनि अब नो’बेलमा हुने बताइएको छ । आइ’भीएफ सेन्टर सञ्चालनसँगै आइभीएफ स’म्बन्धि तालिमका लागि नेपालकै ठूलो तालिम केन्द्र पनि सञ्चालन गरिएको नोबेल अस्प’तालले जनाएको छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्