धरहरामा रा’खियो ३३० किलोको गजुर, गजुरमा ९५ तोला तीन लाल सुन

पुनर्निर्माण सम्प’न्न भएको ऐतिहासिक धरहरामा बुधवार (आज) गजुर राखि’एको छ । नेपाली सेनाले विगुल फुकी, मङ्गल धुन र स्वस्तिक वाचनसहित बिहान ८ः०० बजेको शुभ साइतमा राष्ट्रिय पुनर्नि’र्माण प्राधिकरणका का’र्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो ।

उक्त गजुर ३३० किलोको छ। गजुर तामा’बाट बनेको छ भने बाहिरी आव’रण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने धरहराको टुप्पा’मा ३३० किलोको सुनको जलप लगा’एको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।

गजुरसँगै धरह’राको २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । पुनर्नि’र्माण कार्य जारी नयाँ धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी ११ वैशाखमा उद्घाटन हुँदै छ । भत्किएको धरहरा संर’चना करिब तयार भए पनि पार्किङ र बगैंचातर्फको काम भने सकिएको छैन । भूकम्प गएको दिनभन्दा एक दिनअघि ११ वैशाखमा धरहरा उद्घाटन गरिए पनि सर्वसा’धारणले चढ्न भने अझै लामै समय कुर्नुपर्नेछ ।

विसं २०७२ को विना’शकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनर्नि’र्माणको कामले गति लिएको हो । गोरखाको बारपाक केन्द्रविन्दु भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको प्रधा’नमन्त्री ओलीले नै विधिवत् रूपमा २०७५ पुस १२ गते उद्घा’टन गर्नुभएको हो । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्