ईलामको सुर्योदय नगर’पालिका वडा नम्बर ९ सुन्दरपानीमा रहेको गोर्खा टी स्टेट प्रा’लिले ग्रीन टी उत्पादन गर्दै आएको छ । यो कम्पनीले सुन्दरपानी र त्यस आस’पासका किसा’नहरुसँग चियाको मुना खरिद गरी आफ्नो उद्यो’गमा प्रशोधन गर्छ । विभिन्न पाँच चरण पार गरी तयार हुने अर्थोडक्स ब्ल्याक टी र ग्रीन टी वाह्य देशमा नि’र्यात हुने गरेको छ ।
भिडि’योमा हामीले चिया कसरी प्रशोधन हुन्छ भनेर पनि देखाएका छौं ।
कम्पनीका प्रोडक्सन इन्चार्ज बु’द्धिबल राईका अनुसार प्रशोधनपछि वर्गि’करण गरेर ए ग्रेडको अर्थोडक्स ब्ल्याक टी र ग्रीन टी जर्मनी निर्यात हुन्छ । त्यसपछिका ग्रेडका तयारी चिया भारत लगायतका तेस्रो मुलुकमा निर्यात हुँदै आ’एको राईले बताए ।
यो कम्प”नीले वर्षेनी झण्डै पाँच करोडको चिया निर्यात गर्दै आएको छ । भिडिओमा हामीले चिया कसरी प्र’शोधन गरिन्छ ? अर्थोडक्स चियाको विशेषता लगा’यत चियासँग सम्बन्धित जिज्ञासा मेटाउने प्र’यास गरेका छौं । हेर्नुहोस् भिडियो : – ओएस नेपालबाट