यही बैशाख ९ गते देखि, एक साताका लागि लकडाउन गर्ने प्र’सासनको निर्णय

पछिल्लो समय कोरोना भा’इरस संक्र’मण बढ्दै गएको बाँके जिल्लामा लकडाउन हुने भएको छ। जिल्ला कोरोना रोक’थाम तथा नियन्त्रण समन्वय समिति बैठकले संक्रमण नियन्त्रण गर्न यही बैशाख ९ गते देखि एक साताका लागि जि’ल्लाभर लकडाउन गर्न लागिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्या’यले बताए।

उनले भने, ‘संक्र’मण बढ्दै गए पछि एक हप्ता लकडाउन गर्ने तयारी गरिएको हो।‘ तीव्र रूपमा संक्र’मण फैलिन थालेपछि त्यससँग जुध्न कडा प्रति’बन्धको विकल्प तत्काल नदेखिएकाले ९ गतेदेखि एक साताका लागि त्यस्ता प्रतिबन्ध लगाउनेे नि’र्णय भएको उनले जानकारी दिए।

‘जिल्लाभर नै लक’डाउन गर्ने कि कुन-कुन क्षेत्रमा गर्ने भनेर भोलि टुंगो लगाउँछौ,’ गेलालले भने। विमानस्थल र राज’मार्ग खुला राख्ने र जमुनाहा नाकाबाट आउने नेपा’लीलाई सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था मिला’उने उनले बताए।

भारतमा संक्र’मण बढ्दै गएपछि सीमा जोडिएका कारण उक्त क्षेत्रबाट भित्रिनेको संख्या अत्यधिक भएको र कोरो’नाका संक्रमित थपिँदै गएकोले यसलाई अनि’यन्त्रित हुन नदिन लकडाउन गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ।

त्यस्तै काठ’माडौं जिल्ला प्रशासन का’र्यालयले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ। सुरक्षा मापदण्ड अप’नाउन भन्दै प्रशा_सन कार्यालयले १३ बुँदामा सूचना जारी गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठा’एको हो।

सोही पत्र अनुसार प्रशा’सन कार्यालयले भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, २५ जना बढी भेला नहुन, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रु’बाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क र भाइजर लगाउन अनुरोध गरिएको छ। प्रशासन कार्या’लय तोकेको स्वास्थ्य मापदण्डको पालना नगरिए संक्रामक रोग ऐन २०२० अन्तर्गत कार’बाही गर्ने चेता’वनी समेत दिएको छ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्