पहिलो चरणको कोरोना महामा’रीका बेला उनी ग’र्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमि’तलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् । गर्भ आठ महि’नाको भएपछि सुरक्षित प्रसूतिका लागि जा’गिर छाडिन् । स्वस्थ छोरीलाई जन्म दिएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्र’मणप्रति सतर्क थिइन् ।सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती गइन् । उनै वलीको सोमबार कोरोना संक्र’मणका कारण निध’न भएको छ ।
‘तुल्सीपुरले घोरा’ही पठायो । घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भने, ‘समयमै उप’चार भएको भए बाँच्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्या’न गुमाउनुपर्यो ।’विनय सवारीचालक हुन् । आफ्नो गाडी आफैं च’लाउने भएकाले विनय र अनिशाबीच छोरी ६र७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्ला’ह थियो । अ’चानक पत्नी गु’माउनुपर्दा विनय स्तब्ध छन् ।
नेपालगन्जमा सोमबारै पत्नीको दा’हसंस्कार सकेर उनी तीन महिनाकी छोरी स्याहार्न दाङ फ’र्किएका छन् । उनी आफैं पनि संक्र’मित छन् । छोरीमा अहिलेसम्म संक्रम’णको लक्षण नदेखिएको उनले बताए । अनिशाले गत फागुनमा छोरीलाई जन्म दिएकी हुन् । माइतीमा बुबालाई कोरोना संक्र’मण पुष्टि भयो ।
केही दिनपछि उनकी आमालाई पनि संक्र’मण देखियो । आमालाई नेपालगन्जमा ल्या’इयो । बिस्तारै अनिशालाई पनि रुघाखो’कीले च्याप्दै गयो । आमाबुबाको स्वास्थ्य’को चि’न्ता गरिरहेकी उनले आफूलाई भएको बिसन्चो’बारे भेउ नै पाइनन् ।, यो समाचार आजको कान्तिपुर दै’निकमा रूपा गहत’राजले लेखेकी छन् । इताजा खबरबाट